Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
    भीरकोट नगरपालिका

    खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर

    Syangja SandeshBy Syangja SandeshNovember 20, 2024Updated:November 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ मंसिर । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही १÷१ लाख सहित प्रमाणपत्रले सम्मान गरेकोे छ ।

    फाउण्डेसनको छैटौ स्थापना दिवसको अवसर पारेर भीरकोट नगरपालिका ७ बलमाटामा आयोजना गरिएको बिशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक—एक लाख नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

    प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक÷एक लाख नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

    पुतलीबजार नगरपालिकाका ३ महिला खेलाडी आईसीसी महिला यू १९ विश्वकपमा पु¥याउन सफल भएको भन्दै उहाहरुको मनोवल अझै उच्च बनाउन टेवा पुग्ने उदेश्यले आफ्नो स्थापनाको दिवसमा नगद सहित प्रमाणपत्रले सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।

    पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी. र कुसुम गोदार सहित स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि फाउण्डेसनले सम्मान गरेको छ । विश्वकपमा सहभागी हुन पाउने खेलाडी मध्ये स्याङ्जाका ३ जना रहेका छन् ।

    सम्मान गर्दै सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरूलाई हौसला र उर्जा बढाउनुपर्नेमा जोड दिनुभयो । खेलाडीहरु जिल्लाका मात्र नभई राष्ट्रका गहना भएको बताउदै सांसद थापाले सरकारले खेलाडीहरुको उच्च मनोबल बढ्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    फाउण्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगार लगायतका बिषयमा महत्वपुर्ण भुमिका खेलेको सांसद थापाले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा फाउण्डेसनले सहयोग गर्दै आएको उहाले भन्नुभयो ।

    कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, फाउण्डेसनका संरक्षक खुमाप्रसाद अर्याल, डा.लुना अर्याल, गण्डकी मेडिकल कलेजका सिइओ डा.रविन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, फाउण्डेशन सल्लाहकार श्यामप्रसाद अर्याल लगायतका बक्ताहरुले बधाई सहितका शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम अर्यालले स्वागत एवं सचिव ध्रुव शर्माले संचालन गर्नुभएको थियो ।

    स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेजका बिशेषज्ञ चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीको सहभागिता थियो । रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेवाहरु उपलब्ध गराइएको फाउन्डेसनका सचिव धु्रव शर्माले जानकारी दिनुभयो ।

    शिविरमा ५१ जनाले रक्तदान गरेको र करि ७ सय जना जनाले बिभिन्न १० प्रकारका स्वास्थ्य सेवा लिएका छन् । २०७६ सालमा स्थापित फाउण्डेशनले विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अनुसारको काम गर्दै आएको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.