Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    भीरकोट नगरपालिका

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ कात्तिक । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको सातौं साधारणसभा शनिवार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगार, खुमा अर्याल फाउण्डेसनको सरोकार’ भन्ने मुल नाराका साथ स्थाापित फाउण्डेसनले बिबिध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

    पुतलीबजार नगरपालिका ३ स्थित सहयात्री पार्टी प्यालेसमा आयोजित सभामा बडा दशै, तिहार, नेपाल सम्बत तथा छठ पर्वका शुभकामना आदानप्रदान सहित अन्तरक्रिया गरिएको छ ।

    सभाको उदघाटन गर्दे फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले फाउन्डेसन एक परोपकारी संस्था भएको जनाउदै सामाजिक सेवामा क्रियाशिल रहने बताउनुभयो । स्याङ्जा जिल्लाका ११ वटै पालिकामा पुग्ने फाउण्डेसनको लक्ष्य रहेको जनाउदै पालिकासंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने जानकारी गराउनुभयो ।

    फाउण्डेसनका लागि स्रोतका अभाव नहुने जनाउदै आवश्यकता पहिचान गर्दे स्थानीय पालिकासंग सहकार्य गरेर अघि बढ्ने समेत संस्थापक अर्यालको भनाई छ । स्थापनाकालदेखि सामाजिक शिक्षा, स्वास्थ्य, खेलकूद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसन राज्य नभई एक सामाजिक संस्था भएको सफल उद्यमी समेत रहनु भएका अर्यालले भन्नुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, वालिङ्का उपप्रमुख कबिता तिवारी, अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल लगायतले फाउण्डेसनले स्याङ्जामा सकारात्मक प्रभाव पारेको जनाउदै आउदा दिनहरुमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । वक्ताहरुले फाउण्डेसनसंग समन्वय र सहकार्य गर्दे अघि बढ्ने समेत प्रतिवद्धता जनाएका छन् ।

    यसैगरी, चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर), गण्डकी प्रदेश अस्पताल स्याङ्जाका प्रमुख डा. सुशिल मरासिनी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, पत्रकार अमृत अर्याल, स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लगायतले आ आफना धारणा सहितका सुझाव दिएका छन् । साधारणसभामा १२ जनालाई सँस्थागत सदस्यता प्रदान गरिएको छ ।

    फाउन्डेसन अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम अर्यालले स्वागत र सचिव ध्रुव शर्माले संचालन गर्नुभएको थियो ।

    भीरकोट नगरपालिका ७ बलमाटामा केन्द्रिय कार्यालय रहेको फाउण्डेसन वि.सं. २०७५ मंसिर ५ गते प्रशासन कार्यालयमा दर्ता भएको हो । फाउण्डेसनले गतबर्ष बृहत स्वास्थ्य शिविर, खेलाडि सम्मान, तीजगीत प्रतियोगिता, क्यालेण्डर सहयोग, पोशाक बितरण, उपचार कक्ष स्थापना लगायतका बिबिध क्षेत्रमा काम गरेको फाउण्डेसनका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.