Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुमा अर्याल फाउण्डेशनद्धारा प्राथमिक उपचार प्रशिक्षण र स्वास्थ्य सामाग्री प्रदान
    पुतलीबजार नगरपालिका

    खुमा अर्याल फाउण्डेशनद्धारा प्राथमिक उपचार प्रशिक्षण र स्वास्थ्य सामाग्री प्रदान

    Syangja SandeshBy Syangja SandeshJune 23, 2025Updated:June 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असार । पुतलीबजार नगरपालिका ७ ठूलाडिही स्थित जनता माध्यमिक बिद्यालयमा खुमा अर्याल फाउण्डेशनले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    खुमा अर्याल फाउन्डेसन स्याङ्जा ,रोटरी क्लब अफ नक्साल शक्ती र रोट्र्याक क्लब अफ नक्सालको सहयोगमा जनता माविमा प्रशिक्षण सहित प्राथमिक उपचारका सामाग्री प्रदान गरेको हो ।

    आइतवार बिद्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले प्राथमिक उपचार सम्बन्धी जानकारी लिन पाउनु अत्यन्तै सुखद रहेको बताउनुभयो । यस्ता तालिमले आफु मात्र नभई सिंगो घर, समाज, बिद्यालय र अन्यत्र जुनसुकै स्थानमा पनि उपयोगमा ल्याउन सकिने र अमूल्य जीवन बचाउनमा सहयोग पुग्ने बताउनुभयो । जुनसुकै समय र स्थानमा पनि हुन सक्ने अस्वस्थताका बेला गरिने पहिलो उपचार राम्रोसंग गर्न सकियो भने पुनर्जिवन पाउन सकिने उहाले भन्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य नेमबहादुर राना, वडाअध्यक्ष कृष्णबहादुर आले, पत्रकार भवानी अधिकारी, अभियान सूचना केन्द्रका अध्यक्ष बन्दना लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष अशोक रेग्मी, खुमा अर्याल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्मा लगायतले हरेक बिद्यालयले यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

    जनता माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिलमणी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खुमबहादुर रानाले स्वागत र सहायक प्रधानाध्यापक रविलाल रेग्मीले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा डा. अनुप लम्सालले प्राथमिक उपचार सम्बन्धी उपचार बिधिका बारेमा जानकारी गराउनुभएको थियो ।

    यसैगरी, फाउण्डेशनले प्राथमिक उपचार कक्षका लागि आवश्यक एक शैया र औषधी समेत उपलब्ध गराएको छ । नगरउपप्रमुख देवी अर्याल र फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले बिद्यालयका अध्यक्ष कपिलमणी रेग्मी र प्रधानाध्यापक खुमबहादुर रानालाई ति सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.