Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    पुतलीबजार नगरपालिका

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    Syangja SandeshBy Syangja SandeshMay 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । पुतलीबजार नगरपालिका वडा नं ५ पौवेगौडे निवासी खोपबहादुर गोदारले आफनो ८४ औं बार्षिकोत्सव बृद्धाश्रममा गएर मनाउनु भएको छ ।

    तडकभडक गरेर मनाउनु भन्दा बृद्धबृद्धालाई सकेको सहयोग र एक छाक खाना खुवाएर मनाउछु भन्ने लाग्यो अनि बृद्धाश्रममा आएर मनाए गोदारले भन्नुभयो ।

    दुई छोरा, दुई छोरी र उनका नाति नातिना र आफना भाइखलक सहित बस चढेर गल्याङ् नगरपालिका १ मा अवस्थित कालीगण्डकी नदी किनारमा रहेका रामनदीधाम आश्रम पुगेर उहाले बृद्धाबृद्धसंगै ८४ औं पुजालाई त्यही पुरा गर्नुभयो ।

    हिन्दुहरुका पवित्र तिर्थस्थल कालीगण्डकी नदीमा नुवाएर, बात्ती पुजन गर्नुभयो । धाम वरपरका मन्दिरमा दर्शन पुजापछि आश्रित नागरिकलाई टिका सहित फलफूल र जनही २÷२ हजार नगद दिनुभयो । बिहानको खाना खुवाउनुभयो । आश्रमलाई ६ हजार नगद उपलब्ध गराउनुभयो ।

    आश्रममा बस्दै आएका ९० बर्षिया पूर्णकुमारी मल्ललाई टिका लगाईदिदै नगद र फलफूल दिनुभयो । अनि आर्शिवाद लिनुभयो । टाउकोमा हात राख्दै उहाले भन्नुभयो, ‘मनले आटेताकेका सबैकुरा पुरा होउन। सेवाभाव रहिरहोस्। हामी सबैको आर्शिवाद छ। खुशी लागेको छ।’

    लामो जीवनयात्रा सुखदुखमा बित्यो। अहिले चौरासीको पुजा पारिवारिक जमघटसंगै छोटोमिठो तरिकाले मनाउन पाँए आत्मासन्तुिष्ट मिलेको गोदारले बताउनुभयो ।

    मेरा काका बुवाले आफनो ८४ औं पुजा फजुल खर्च नगरिकन सामाजिक सेवामा खर्चिने जनाएपछि उहाँकै ईच्छा बमोजिम नै गरिएको भतिज ईन्द्रबहादुर गोदारको भनाई छ।

    प्रायजसोले आ आफना घरमा ठूलाठूला पुजा तथा भब्य तरिकाले मनाइरहेका बेलो बेसाहारा र विपन्न परिवारका सदस्यसंगै बसेर मनाउन आएका गोदारलाई आश्रमका ब्यवस्थापक सुनिल श्रेष्ठले धन्यवाद दिदै सेवा नै धर्म भएको बताउनुभयो । उहाले थप्नुभयोे, ‘तपाईहरु जस्तैको सहयोग र सदभावले आश्रम चलेको छ ।’

    शिवपार्वती बृद्धाआश्रममा स्याङ्जा लगायतका बिभिन्न जिल्लाकागरि अहिले २५ जना बृद्धबृद्धा बस्दै आएका छन् । स्याङ्जा र पाल्पा जिल्ला अर्थात गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको कालीगण्डकी नदी किनारमा अवस्थित रामनदीधाम पवित्र धार्मिक तिर्थस्थल हो ।

    सिद्धार्थ राजमार्गको छेवैमा अवस्थित यहाँ बर्षेनी हजारौं तिर्थयात्री आउने र बस्ने गर्दछन। भारतीय र नेपालीहरुको धुइरो नै लाग्ने गर्दछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.