Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    कालिगण्डकी गाउँपालिका

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2025Updated:October 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असोज । कालीगण्डकी गाउँपालिकामा खसी बोका बिक्रीबाट एक करोड ३६ लाख रुपैंया आम्दानी गरेको छ ।
    खसी तथा बोकाको पकेट क्षेत्र कार्यक्रम अन्र्तगत रही दशैंको अवधिमा सञ्चालन भएको गाउँपालिकाका विभिन्न वडाबाट दशैं पर्वलाई लक्षित गरी उत्पादन भएका खसी बोकाबाट एक करोड ३६ लाख ६२ हजार भित्रिएको हो ।

    गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजेश पाण्डेयका अनुसार दशैं पर्वलाई लक्षित गरी गत भदौदेखि दशैंको अवधिमा पालिकाका विभिन्न गाउँहरुबाट ७ सय ८६ वटा खसी बोकाहरु बिक्री भएका थिए ।बिक्री भएकामध्ये २ सय ८० वटा स्थानीय बजारमा र बाँकी ५ सय ६ वटा खसी बोका पालिका बाहिर निर्यात भएका उहाँले जानकारी दिनुभयो ।

    “करिब ३० केजी तौलका खसी बोका लाई प्रतिकिलो ९ सय रुपैंयाका दरले १५ हजार १८० किलो मासु बिक्री गर्दा १ करोड ३६ लाख ६२ हजार रुपंया आम्दानी भएको होे ।” सात वटा वडा रहेको कालीगण्डकी गाउँपालिकामा विशेष गरी वडा नं १ र २ मा खसी बोका धेरै उत्पादन हुने गरेको छ । बाह«ै महिना खसी बोकाको व्यावसाय हुने भए ता पनि दशैंको अवधिमा भने वडा नं १ को कारीकोट चण्डीभञ्ज्याङबाट २ सय ६० र वडा नं २ को घुरडाँडा र लसर्घावेसीबाट २ सय १० वटा खसी बोका बिक्री भएको उहाँको भनाई छ ।

    बाख्रा पकेट कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कार्यक्रमहरु यहाँ सञ्चालन भएकाले पनि गाउँका प्रत्येक जसो घरमा १० देखि ३० वटा बाख्रा छन् । विशेष गरी स्थानीय खरी जात र केही उन्नत जातका बाख्राहरु यहाँ पाल्ने गरिएको छ । ७० भन्दा धेरै घरधुरी रहेको यस गाउँका प्रायःजसो घरधुरीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

    पहिला पशुपालक कृषक र व्यापारीबीच खरिद बिक्रीमा मोलमलाई हुने गथ्र्यो तर अहिले गाउँपालिकाले किलोका आधारमा मुल्य निर्धारण गरिदिएकाले सहज भएको पनि किसानको भनाई छ । गाउँपालिकाले पालिकाभित्र उत्पादन भएका खसी बोकाको बजारीकरणको ग्यारेन्टी गरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

    गाउँपालिकाले २४ किलोदेखि ६१ केजीसम्म र सोभन्दा धेरै किलो भएका जिउँदो खसी बोकाको प्रतिकेजीका दरमा मुल्य निर्धारण गरिदिएको छ । न्यूनतम प्रति किलो ३ सय ८० देखि अधिकतम ५ सय ८० सम्म मुल्य कायम गरिदिएकाले सोही मुल्यका आधारमा कृषकले बिक्री गर्दै आएका छन् । कृषकले उत्पादन गरेको खसी बोका खरिदकालागि व्यापारीहरु गाउँमै आउने गरेका छन् । जसका कारण यहाँ खसी बोका पालक किसानलाई बजार खोज्दै अन्यत्र जानु परेको छैंन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.