स्याङ्जा १२ कात्तिक । काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा कालीगण्डकी गाउँपालिकाका उत्कृष्ट सामाजिक अभियन्ता र बिद्यार्थीहरुलाई सम्मानित गरिएको छ ।
बैदिक सनातन हिन्दुधर्मको संरक्षण तथा सम्बद्र्धृनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कालीगण्डकी ४ मिर्मिका खगराज भट्टराईलाई समाजसेवा सम्मान, कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने लम्बेकका नन्दलाल आलेलाई शालिकराम पाण्डे कृषि उद्यम सम्मान र शिक्षण सेवामा अनुकरणीय उदाहरण प्रस्तुत गर्ने बिर्घाका चडीकाप्रसाद पाण्डेलाई पिताम्बर पाण्डे शिक्षा सेवा सम्मान सहित जनही ५÷५ हजार नगद र कदरपत्रले सम्मानित गरिएको हो ।
यसैगरी, कालीगण्डकी गाउँपालिका अन्र्तगतका ३ वटा माध्यमिक बिद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ६ जना गरीब तथा जेहेन्दार छात्रालाई भीमादेवी पाण्डे छात्रबृत्ति प्रदान गरिएको छ ।
छात्रबृत्ति पाउनेहरुमा भवानी मावि बैघाका मेलिना सुन्दौली र उषा थापा, जनता मावि बिर्घाका लक्ष्मी पाण्डे र आयुषा माझी, भगवती मावि मिर्मिका प्रामो मगर र करिना राना रहेका छन् । उहाहरु मध्ये अस्मिता र करिनाले जनही १०÷१० हजार र भवानी र जनता माविमा अध्ययरत कक्षा ११ का छात्राले जनही ११ हजार कक्षा १२ का छात्राले जनही १२ हजारका दरले छात्रबृत्ति प्राप्त गरेका छन् ।
सम्मान तथा छात्रबृत्ति प्रदान गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले प्रतिष्ठानले स्थापनाकालदेखि नै समाजमा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो । यस किसिमको कार्यले समाजमा केही गरेर देखाउन खोज्नेलाई प्रोत्साहन र प्रेरणा मिल्ने उहाले भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा वडाअध्यक्ष यादवप्रसाद पाण्डेले शुभकामना, प्रतिष्ठानका सदस्य आत्माराम पाण्डेले स्वागत तथा सदस्य प्रभा पाण्डेले धन्यवाद ज्ञापन र सदस्य निर्मला पाण्डेले संचालन गर्नुभएको थियो ।
कालीगण्डकी गाउँपालिका ४ बिर्घा निवासी काशीराम पाण्डेका छोराहरुले पश्चिम स्याङजा र पूर्वी पाल्पामा आध्यात्मिक ज्ञानको दियो बाल्ने आफना दिवंगत पिताको स्मृतिमा विसं २०५५ सालमा प्रतिष्ठान स्थापनागरी उक्त संस्था मार्फत सामाजिक काम गर्दै आएका छन् ।
काशीराम पाण्डेका छोराहरु अनन्तराज पाण्डे, आत्माराम पाण्डे र शंकरप्रसाद पाण्डे निजामति सेवाको बिशिष्ट श्रेणीको सचिव पदबाट सेवानिबृत्त पूर्वराष्ट्रसेवक हुन । कान्छा छोरा प्रघुम्नराज पाण्डे राजपत्राकिृत प्रथम श्रेणीको सेवा सुबिधा पाउनेगरी कालीमाटी फलफूल तथा तरकारी ब्यवस्थापन समितिको प्रमुख कार्यकारी निर्देशक छन् । बुहारी प्रभा पाण्डे नेपालकै पहिलो महिला स्थानीय विकास अधिकारी हुन भने कान्छी बुहारी नम्रता स्तम्भकार हुन ।
प्रतिष्ठानले स्थापनाकालदेखि एम्बुलेन्स सेवा लगायत बर्षेनी बिद्यार्थी प्रो्रत्साहन तथा नागरिक अगुवा सम्मान कार्यक्रम संचालन गर्दै आएको छ ।
