स्याङ्जा २९ भदौ । नेपाल बार एशोसियशन स्याङ्जाका पूर्वअध्यक्ष अधिवक्ता प्रकाश अर्यालले आफना दिवंगत पिता हुमनाथ अर्यालको सोह्रश्राद्धको तिथिमा स्याङ्जा जिल्ला कारागारका कैदीबन्दीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी टयांकी उपलब्ध गराउनु भएको छ ।
झण्डै एकसय ५० केैदीबन्दी रहेको कारागारमा खानेपानीको अभाव थियो । आमा द्रोणकुमारी अर्यालले कारागार प्रमुख दिनेश शर्मा मरासिनीलाई टंकी हस्तान्तरण गरेको अर्यालले बताउनुभयो । दुई हजार लीटर क्षमताको टंकी उपलब्ध भएपछि निर्धारित समयमा मात्र आउने पानीलाई संकलनगरी आवश्यकता अनुसार उपयोग गर्न सकिने कारागार प्रमुख शर्माले जानकारी दिनुभयो ।
कारागारका कैदीबन्दीकालागि समाजका लब्धप्रतिष्ठीत ब्यक्तिहरुले अत्यावश्यक सेवाका लागि आवश्यक सामाग्री उपलब्ध गराएर सुधारगृहमा आचरण सुधार गरिरहेकाहरुकालागि ठूलो गुन लगाएको बताइएको छ ।