स्याङ्जा ३ मंसिर । राष्ट्रिय कर सप्ताहको सन्दर्भ पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कर शिक्षा कार्यक्रम गरेको छ ।
स्याङ्जाका ब्यवसायीलाई लक्षित गर्दै करदाता सेवा कार्यालयको सहजीकरणमा कर शिक्षा कार्यक्रम गरिएको हो । कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ कर शिक्षा कार्यक्रम गरिएको छ ।
कार्यालयका सूचना अधिकारी सुभास शर्मा मरासिनीले ब्यवसायीले आफना ब्यवसाय संचालनका लागि करका बारेमा जानकार ब्यक्तिले ब्यवसाय संचालनमा पनि सहज हुने गरेको बताउनुभयो । ब्यवसायीलाई लक्षित गर्दे कार्यालयले बर्षेनी कर शिक्षा कार्यक्रम संचालन गर्दै आएको पनि स्मरण गराउनुभयो । कर शिक्षा सम्बन्धी कार्यपत्र समेत उहाले प्रस्तुत गर्दै कर सम्बन्धी बिबिध जानकारी गराउन्भएको थियो ।
कार्यक्रममा सहभागी ब्यवसायीका जिज्ञासालाइृ अधिकारी मरासीनीले उत्तर दिनुभएको थियो ।
संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणिज्यतर्फका उपाध्यक्ष शा खालिद मियाले स्वागत सहसचिव सूर्यप्रसाद लामिछानेले धन्यवाद एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न पेशा तथा ब्यवसायमा आवद्ध ब्यक्तिहरुको सहभागिता थियो ।