Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कमल पंगेनीको लिगेसी जोगाए मात्र सच्चा श्रद्धाञ्जली हुने — डा. कोइराला
    समाचार

    कमल पंगेनीको लिगेसी जोगाए मात्र सच्चा श्रद्धाञ्जली हुने — डा. कोइराला

    Syangja SandeshBy Syangja SandeshAugust 6, 2025Updated:August 6, 2025No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २० साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले कमलप्रसाद पंगेनीको लिगेसीलाई जोगाउन सके मात्र उहाँप्रति श्रद्धान्जली हुने बताउनुभयो । आफनै खुट्टामा उभिएर चुनाव जित्ने हैसियत बनाएमात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

    नेपाली कांगे्रसका पुर्व पार्टी सभापति तथा संविधानसभा सदस्य स्व. कमलप्रसाद पंगेनी सातौँ स्मृति सभा तथा कमल पंगेनी प्रतिष्ठानको प्रथम अधिवेसनको मंगलबार भीरकोटमा समुदघाटन गर्दै उहाले यस्तो बताउनुभएको छ । कांग्रेसको संगठन हेर्न स्याङ्जा जाऔँ भन्ने वीपी कोइरालाको भनाईलाई सार्थकता प्रदान गर्दै पार्टीलाई बलियो बनाउन टोलस्तरदेखि लाग्नुपर्नेमा उहाको जोड थियो ।

    नेता डा. कोईरालाले सुशासन कायम गर्न नसक्नु ठूलादल सम्मिलित सरकारको ठूलो कमजोरी भएको औल्याउनुभयो । दण्डहिनता बढेको बढ्यै छ । आफना मान्छे बचाउने गरिएको उहाले दावी गर्नुभयो ।

    पार्टीमा पन्धौं महाधिवेशनको लहर जागेको र को को कता बाट लड्छन त्यो थाहा नहुने उहाले बताएका छन । आजको दिन कसैले पनि केही कुरा भन्ने अवस्थामा कोही पनि नरहेको उहाले भन्नुभयो । अधिवेशन कहिले हुन्छ भन्ने कुरा कसैलाई थाहा नहुने पनि उहाको भनाई छ । चार बर्षे पदावधीपछि पनि थप्न सकिने ब्यवस्थाको चर्चा गर्दै थप्नु पर्ने आवश्यकता नरहेको उहाले जनाउनुभयो ।

    देशमा पछिल्लो समय सुशासन हराउँदै जाँदा भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको बताउनुभयो । भ्रष्ट्राचार र दण्डहिनता बढ्दा नागरिकमा नैराश्यता बढेको उहाले बताउनुभयो । ‘सकारात्मक सन्देश र विकासका गतिविधि दु्रत बनाउन ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा समेत सुशासन हराउँदै गएको छ ।’

    नेता डा. कोईरालाले भने, ‘भ्रष्ट्राचार र दण्डहिनता मौलाउनुले नागरिकमा नैराश्यता बढाएको छ।’ नैराश्यतालाई कम गराउन प्रभावकारी काम गर्न नसक्नुमा सरकारकै कमजोरी भएको उहाको भनाई थियो ।

    काँग्रेस र एमाले मिल्नुको औचित्य पुष्टिगर्न संविधान संशोधनको प्रक्रिया तत्काल शुरु गर्न उनले माग गर्नुभयो । सरकार बनेको एक वर्ष भईसक्यो, सरकार बनाउनुको औचित्य पुष्टि गर्न ढिला भएको दाबीगर्दै नेता कोईरालाले सरकारको ढिलाईले जनमानसमा व्यवस्थाप्रति आक्रोश बढाउर्दै लगेको जिकिर गर्नुभयो ।

    पार्टीको आन्तरिक विषयमा बोल्दै नेताडा. कोईरालाले देशको राजनीति, आर्थिक र सामाजिक अवस्था कता गईरहेको छ, दलको आन्तरिक छलफलको विषय बन्नुपर्नेमा त्यसो हुन नसक्दा पछिल्लो समय आफुले राजनीतिक भेटघाटलाई तिव्रता दिएको उहाले बताउनुभयो ।

    पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएका नेता डा. कोईरालाले समयमै अधिवेशन हुन सकेमा वडा तहसम्म क्रियाशिल हुने पार्टी जीवन्त बन्ने बताउनुभयो । ठूलो दलको पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक र बाह्यि विषयमा छलफल र भेटघाट बन्द गर्दा पार्टीलाई क्षति पुगेको उहाले बताउनुभयो ।

    सरकार र पार्टीका गतिबिधि थाहा पाउन शिर्श नेताहरुलाई भेटेको जनाउदै सबैले यसको पालना गर्नु पर्नेमा जोड दिनुभयो । अहिले चर्चामा रहेको बहुविवाह समबन्धि ऐन ल्याउने कुरा आएको बताउदै डा कोइराले यो पास हुन नहुने उहाको भनाई छ । स्मृति सभामा बोल्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ले काँग्रेस घर भएको बताउँदै घरमा देखिएको विवाद घरमुलीले मिलाउनुपर्ने बताउनुभयो । काँग्रेस घरमा विवाद भए घरमुलीले घर मिलाएर लैजानु पर्नेमा उहाले जोड दिनुभयो ।

    वीपीले बनाएको घरलाई कतै चुहिने भए छाउनु पर्ने जनाउदै विपीको बिचारलाई बोकेर अगाडि बढनुपर्ने बताउदै गुरुङले राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई सबैले अनुसरण गर्नु पर्ने उहाका भनाई छन । खुटा तानेर पहिलो बन्नेको हाबी भएको जनाउदै गुरुङले यो खुट्टा तान्नेको चिन्तन मानसिकता नहटेसम्म पार्टी ठुलो नहुने उहाले दावी गर्नुभयो ।

    सभामाबोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दाबेले देशमा अराजकता मौलाएको बताउँदै अराजकताले सहि विषयमा बहस हुनुको सट्टा अनेक विषयमा बहस भएकोमा उनले चिन्ता जनाउनुभयो । ‘हामीले समाजलाई सहि मार्गमा हिडाउन सहि विषयमा बहस गर्नु आवश्वक छ ।’ उहाले भन्नुभयो, तर पछिल्लो समय देशमा बेतुकका विषयमा बहस चलेको छ ।’ यस्ता बहसले समाजमा अराजकता सृजना गर्ने उहाको भनाई थियो ।

    स्वर्गीय पंगेनीको स्मृति सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य द्धय टेकबहादुर गुरुङ्, र सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति द्धय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, सहमहामन्त्री बिष्णु लामिछाने, काँग्रेस कास्कीका नेता यज्ञबहादुर थापा, काँग्रेस तनहुँका नेता रघुनाथ पौडेल, कास्कीका महासमिति सदस्य देवराज चालिसेले स्वर्गीय कमल पंगेनीका विकासप्रेम, कर्तब्यनिष्ट र काँग्रेसका संगठनमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

    सोही सभामा गण्डकी प्रदेश सांसद भोजराज अर्याल र महेश भट्टराई, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी., काँग्रेसका महासमिति सदस्य छायाँराम खनाल, प्रवक्ता भरतप्रसाद लम्साल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, उपप्रमुख देबी अर्याल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, भीरकोट नगर सभपाति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, नेकपा एमाले भीरकोट नगर अध्यक्ष विश्वनाथ अर्याल, कमल पंगेनी प्रतिष्ठानका अध्यक्ष एवं दाजु लिलाप्रसाद पंगेनी र नेपाली काँग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिका सभापति देबीप्रसाद अर्याल लगायतले कमलप्रसाद पंगेनीको योगदानका बारेमा चर्चा गर्दै कमल पंगेनीले भन्नुभएको जंगल, जल, जमिन र जवानीको स्वदेशमै लगानी गर्नुपर्ने धारणालाई स्वीकार गर्दै अघि बढ्नु पर्ने समय आएको बताउनुभयो ।

    नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघीय संसद राजु थापाको सभापत्विमा भएको स्मृति सभामा कार्यबाहक सभापति केदार काफ्लेले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।

    यसैगरी, स्मृतिसभा पूर्व भीरकोट नगरपालिकामा आयोजित कार्यक्रममा डा. कोइरालाले भीरकोटबाट बयरघारी, मोहनडांडा, ठुली भञ्ज्याङ हुदै पर्वत जोड्ने सडकको नामलाई कमल पंगेनी मार्गको नामकरणगरि सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.