स्याङ्जा १६ कात्तिक । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका बालक अझै नभेटिएको प्रहरीले जनाएको छ ।
बुधबार राम्दी स्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका १ घर भएका १५ वर्षीय बखत शाही अझै नभेटिएकोे सशस्त्र प्रहरी बल ३० नं गुल्म स्याङ्जाका गुल्मपति कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
कैलालीबाट भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्नेक्रममा दुबै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा देखेपछि न्यौपानेलाई उद्दार गरिएको थियो ।
बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजी कार्यलाई तिव्रता दिईएको गुल्मपति तिमिल्सिनाले बताए । सशस्त्र प्रहरीको तालिम प्राप्त समूहले ‘¥याफ्टिङ बोट’ को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानहरुमा खोजी कार्य भैरहेको बताइएको छ ।
बिहीबारदेखि निरन्तररुपमा सिमसिम पानी परिरहेको र कालीगण्डकी नदी धमिलो भएकाले खोजी कार्यमा कठिनाई भएको खोजकर्ताहरुका भनाई छ ।
