Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान र शिक्षकहरुबीच अन्तरक्रिया
    समाचार

    कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान र शिक्षकहरुबीच अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshSeptember 24, 2025Updated:September 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ असोज । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तरवाहिनीमा विभिन्न विद्यालयका शिक्षकहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    यही असोज २१ देखि कार्तिक १९ गतेसम्म हुने कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ को मिति नजिकिदै गर्दा विभिन्न विद्यालयका शिक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको हो ।

    कार्यक्रममा स्याङ्जाको गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तथा रम्भा गाउँपालिका पाल्पाको विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

    कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ का सन्दर्भमा गल्याङ नगर शिक्षा समिति सदस्य एवम् सार्वजनिक नमूना माविका प्रधानाध्यापक चुडामणी पाण्डेले कार्यक्रमको जानकारी गराउनुभयो ।

    कार्यक्रमको जानकारीसँगै सहभागीहरुले आ–आफ्नो तर्फबाट कालीगण्डकी महामेला दामोदर महोत्सव सफल पार्न पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ । साथै उहाहरुले प्रतिष्ठानको नजिक रहेका विद्यालयहरुको सहयोग बेसी हुनुपर्ने र अरु विद्यालयहरुले पनि समय मिलाएर साथदिने बताउनुभयो ।

    अहिले मानवतायुक्त, संस्कारयुक्त शिक्षा र अनुशासन आजको आवश्यकता भएकाले महामेलाबाट विद्यार्थीहरुले यस्तो ज्ञान लिन पाउने अपेक्षा गरिएको उहाहरुको भनाई थियो ।महामेलामा बढि भन्दा बढि विद्यार्थीलाई स्वयम्सेवककारुपमा सहभागी गराएर अवसरको सदुपयोग गर्नुपर्नेमा शिक्षकहरुको जोड छ ।

    महामेलाका लागि प्रचार प्रसारलाई तिव्रता दिनुपर्ने र यसका लागि विद्यालयको वेभसाइट एवम् सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेर आँफूहरु लाग्नेसमेत उहाहरुले जनाउनु भएको छ ।

    कार्यक्रमका अवसरमा कालीगण्डकी महामेला दामोदर महोत्सव मूल आयोजक समिति संयोजक चैतन्यकृष्णले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सफल पार्न हामी सबै आ– आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले महामेलामा सहभागी भएर नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चन सहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई आग्रह गर्नुभएको छ ।

    हामी सबैको साझा कार्यक्रम भएको र महाकुम्भ सरहको मेला भएकाले देश विदेशबाट पनि धेरैजनाको उपस्थिति रहनेमा आँफू विश्वस्त रहेको उहाको भनाई छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ । त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उनको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.