स्याङ्जा २९ असार । कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत भन्दा बढि पुँजीगतखर्च गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय प्रगति सार्वजनिक गर्दै कालिगण्डकीले ९० दशमलब ६६ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको जनाएको छ । गाउँपालिकाले पुँजीगत शिर्षकमा विनियोजन गरेको कुल २८ करोड २२ लाख ६६ हजार ७ सय ५० रुपैयाँको ९० दशमलब ६६ प्रतिशतले हुने २५ करोड ५९ लाख ९ हजार ६ सय ९१ रुपैयाँखर्च गर्न सफल भएको छ ।
यस अवधिमा गाउँपालिकाले चालु शिर्षकमा विनियोजन गरेको ४० करोड ४४ लाख ९ हजार २० रुपैयाँमा ८२ दशमलब ५ प्रतिशत अर्थात ३३करोड ३५ लाख ८० हजार ५ सय ९४ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम शर्माले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ माकालिगण्डकी गाउँपालिकाले ६८ करोड ६६ लाख७६ हजार ४ सय ७० रुपैयाँको कुल बजेट मध्ये समग्रमा८५ दशमलब ८४ प्रतिशतले हुनआउने ५८ करोड ९४ लाख ९० हजार २ सय ८५ रुपैयाँखर्च गरेको सार्वजनिक वित्तीय प्रगतिमा उल्लेख छ ।