स्याङ्जा १४ साउन । तीजको तिथी, मिति दिन नजिकिदै गर्दा बजारमा धेरै किसिमका गीत र संगीत बज्न थालेका छन् । सामाजिक संजाल र बिशेषगरी टिकटकमा पनि तीजका गीतमा अभिनय गर्ने क्रम ह्वात्तै बढेको छ ।
तीजको मौलिकपन हरायो भन्दै बहस चल्दै गरेका बेलातीजको धार्मिक किंवदन्तीमा आधारितरही “जिन्दगी कटाम्ला हाँसिराखेर, तिम्लाई मेरै बनाउँछु, भगवानलाई साक्षी राखेर” भन्ने बोलको गीत बजारमा आएको छ । घरघर तथा हात हातमा मोवाइलका माध्यमबाट बजिरहेको छ । जुनगीतले सबैको मन जितेको छ ।
तिम्लाई कहिल्यै दुख नहोस, नहोस तिम्लाई पिर, आज म त तिम्रेै लागि धाँय मन्दिरतिर ।
जिन्दगी कटाम्ला हाँसि राखेर, तिम्लाई मेरै बनाउँछु, भगवानलाई साक्षी राखेर ।।
मेरा लागि ब्रत बस्योै, पेट राखेर खाली, शिवजीले तिम्रा कुरा सुन्छन यसैपाली ।
जिन्दगी कटाम्ला हाँसि राखेर, तिम्लाई मेरै बनाउछु शिवजीलाई साक्षी राखेर ।।
लोकप्रिय गायकहरु घनश्याम रिजालको शब्द, राजन कार्कीको लयमा घनश्याम रिजाल र शान्तारानी परियारको आवाज रहेको छ ।महिला र पुरुषको दोहोरी आवाजमा गाइएको तीजको गीतमा भजन गायक शिब शर्मा, गायिका शुस्मिता क्षत्री, मोडल गोबिन्द बिबश, रबिना भन्डारीले नृत्य गरेका छन् । प्रेम थापाको निर्देशनमा रहेको सो गीत भिडियो र अडियो दुबै बजारमा उपलब्ध भएको गायक रिजालले जानकारी दिनुभयो ।
तीज अर्थात हरितालिका तीजको उत्पत्तिको किंवदन्ती देवीपार्वती र भगवान शिवको कथासँग जोडिएको छ। पौराणिक कथन अनुसार, देवीपार्वतीले भगवान शिवलाई पतिका रूपमापाउने अठोट गर्नुभएको हुन्छ । तर, पार्वतीका पिताले उहालाई भगवान विष्णुसँग विवाह गराउने तयारी गर्नुहुन्छ ।
यो सुनेर पार्वतीले आफ्नी एक सखीको सहयोगमा जंगलमा गएर कठोर तपस्या गरे पछि सोही तपस्याको परिणाम स्वरूप भगवान शिवले प्रसन्न भएरउहालाई पत्नीको रूपमा स्वीकार गरेको भन्ने भनाई आजसम्म रहिआएको छ ।
पार्वतीको कठोर तपस्यालाई श्रद्धास्वरूप हरितालिका तीज मनाइने गरिएको हो । जसमा महिलाहरू पार्वतीजस्तै अटल प्रेम र समर्पणको प्रतीकमान्दै भगवानशिवको पूजागर्छन्। विशेष गरेर विवाहित महिलाहरू आफ्ना पतिका दीर्घायु, सुख–शान्ति, र समृद्धिको कामनागर्दै यो व्रत बस्छन् भने अविवाहित महिलाहरू राम्रो वर पाउने कामनागर्दै तीजको व्रतअर्थात तीजमनाउने गरेको भन्ने भनाई छ ।
प्रस्तुत गीतमा पनि शिव र पार्वतीको माया र समर्पणका बारेमा चर्चा गरिएको सुन्न र हेर्न पाईन्छ ।