Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्ला अनुगमन समिति र उपभोक्ता एवं सरोकारवालाबीच छलफल
    पुतलीबजार नगरपालिका

    जिल्ला अनुगमन समिति र उपभोक्ता एवं सरोकारवालाबीच छलफल

    Syangja SandeshBy Syangja SandeshSeptember 20, 2024Updated:September 20, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ असोज । पुतलीबजार नगरपालिका अन्र्तगतको प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु कच्ची मोटरबाटो निर्माण कार्यलाई सहज बनाउनेगरी छलफल भएको छ ।

    जिल्ला समन्वय समितिको सभाहलमा हिजो आयोजित छलफलमा सहभागी सरोकारवालाले जिल्लाकै नमूना मोटर बाटो निर्माणका लागि अवरोध गर्न नहुनेमा जोड दिनुभएको छ ।

    ढुंगाा, गिटी, बालुवा उत्खनन, संकलन सहित क्रसर संचालनका लागि स्थानीयको बिरोधले निर्माण कार्य ढिलाई एवं प्रभावित भए पछि जिल्ला अनुगमन समितिले छलफलका लागि सरोकारवालालाई बोलाई छलफल गरेको हो । जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख श्रीप्रसाद घर्तिले समस्यालाई समाधान गर्ने बिबिध उपाय हुने जनाउदै नगरको गौरबको आयोजनालाई प्रभावित बनाउन नहुने बताउनुभयो ।

    कही कतैबाट कमीकमजोरी भए त्यसलाई सुधार गर्दै बिकास निर्माणलाई सहज बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिका र नगरबासी हातेमालो गर्दै अघि बढेमा मात्र विकास निर्माण कार्य सफल हुने जनाउदै ढुंगाा, गिटी, बालुवा सहितका सामाग्री उत्खनन सहित अन्य कार्यले वातावरणीय प्रभाव पर्न नदिने कार्यमा निर्माण समिति सहित आफु संवेदनशील रहेको बताउनुभयो ।

    सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ठूलो मेहनत र परिश्रमबाट मात्र विश्व बैकको करोडौंको लगानीमा आएको परियोजनालाई ढिलाई एवं प्रभावित पार्न नहुने जनाउनुभयो । सो सडक सम्पन्न भएमा स्याङ्जाबासीका लागि निकै छोटो दुरीमा काठकाण्डौको यात्रा हुन सक्ने उहाले बताउनुभयो ।

    कार्यक्रममा जिसस उपप्रमुख खडगराज सुवेदी, सडक निर्माण उपभोक्ता समितिका सचिव अनन्तराज मरासीनी, नेपाली कांग्रेसका सहसचिव धु्वबन्धु पौडेल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी, एकिकृत समाजवादीका नगर अध्यक्ष बिष्णु गिरी, स्थानीय समाजसेवी अग्नी भण्डारी, निर्माण कम्पनीका साईड इन्चार्ज इन्जिनियर नरनाथ पौडेल लगायतले सडक निर्माणको आवश्यकता र वातावरणीय प्रभावका बारेमा आ आफना धारणा सहित सुझाव दिदै सडक निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    जिसस प्रमुख श्रीप्रसाद घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले गर्नुभएको थियो ।

    यसैगरी, सोही छलफलले नगर प्रमुख तुलसीराम रेग्मीको संयोजकत्वमा जग्गाधनी, राजनीतिक दलहरुका प्रतिनिधि, नागरिक समाज एवं सरोकारवाला सम्मिलित समस्या समाधान कार्यदल गठन गरेको छ । कार्यदलले आज नैै बैठकबसी बिबिध बिषयमा छलफल गरेकोे र भोली पुन ः बैठक बस्नेगरी टुंग्याएको छ ।

    विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा हालको कच्ची सडक पक्की एवं फराकिलो निर्माण कार्य जारी रहेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । यसबाट पुतलीबजार नगरपालिकाका वडा नं ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं ब्यक्तिले सो बाटोको उपयोग गर्न पाउने भएका छन् ।

    प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा — भन्ज्याङ— बहाकोट— नाम्चे— काल्खुसम्म ७ दशमलब ६ किलोमीटर लम्बाईमा पक्की सडक सहित नाली र टेवा पर्खाल र दुई लेनको सडकको चौडा ७ मिटरको हुने बताइएको छ । विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सक्नुपर्ने छ ।

    नेपाल शहरी शासकिय तथा पूर्वाधार कार्यक्रम अन्र्तगत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा पक्की सडक बनाईने भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.