Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनु जरुरी ः सांसद थापा
    समाचार

    जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनु जरुरी ः सांसद थापा

    Syangja SandeshBy Syangja SandeshAugust 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० साउन । प्रतिनिधिसभा सदस्य राजु थापाले जनताका प्रतिनिधि जनतााप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।

    स्याङ्जा जिल्ला समन्वय समितिद्धारा स्याङ्जा सदरमुकाममा आयोजित ११ औं जिल्ला सभाको उदघाटनगर्दै थापाले जनताको नजिकको सरकारले उनीहरुका जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भनेर नयाँनयाँ कारगर कार्यनीति मार्फत अहोरात्र चिन्तनगर्नु पर्ने बताउनुभएको छ ।

    थापाका अनुसार, ‘यतिबेला जनतामा निराशा छ, राज्यका निकायसंग साधन स्रोत सीमित छ, प्राथमिकतामा योजना छनौट गर्नु पर्ने वाध्यता छ, तै पनि बहुसंख्यक जनताको भावनालाई संबोधनगर्न सकिनेगरी बिकास योजना तर्जुमा गर्नु जनताका प्रतिनिधिको प्रमुख दायित्वहो ।’

    जिल्ला समन्वय समितिले संघीयताको भावना अनुरुप समन्वयकारी भूमिका निर्वाह गरेको र आगामी दिनमा साधन, स्रोत र अधिकार सम्पन्न समितिको परिकल्पना गरिएको पनि थापाले सुझाउनुभयो । बर्तमान सरकार संबिधान संशोधनको प्रमुख मुद्धामा केन्द्रित रहेर गठन भएको हुँदा अब हुने संशोधनमा जनताका भावना मुखरित हुनेछन् । जनप्रतिनिधिमूलक संस्थाप्रति विश्वास जगाउन सके मात्र संसदीय लोकतान्त्रिक शासन ब्यवस्था दिगो र स्थायी हुनेमा उहाले जोड दिनुभयो ।

    राजनीतिक अस्थिरताको जोखिमबाट बचाउन, मितब्ययी र जनमैत्री जनप्रतिनिधिमूलक संस्थाले जनताले प्रत्यक्ष अनुभूतिगर्न सक्ने खालको काम गरेर देखाउन समेत आग्रह गर्नुभयो ।

    सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले संबिधानको मर्म अनुरुपजिल्ला समन्वय समितिलाई समन्वयकारी भूमिकाप्रदान गरेको र तदनुकूलको जिम्मेवारी पूरा गर्न सफलभएको बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुुवेदीले स्वागत र जिल्ला समन्वयअधिकारी नवराज बरालले संचालन गर्नुभएको थियो ।

    स्याङ्जास्थित ११ वटै पालिकाका प्रमुख, अध्यक्ष ,उपप्रमुख, उपाध्यक्ष, जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित सभाले चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सहित १ करोड ६१ लाख ६२ हजारको बजेट सहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.