स्याङजा ३० भदौ । आपसी सहयोग केन्द्र स्याङ्जाको आयोजना तथा सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको समन्वयमा यूएसएड जल जगल सम्बन्धी परियोजना बारे प्रशिक्षण कार्यक्रम गरिएको छ । जलवायू परिवर्तन, अनुकुलन तथा जैबिक बिबिधता संरक्षण सामुदायिक बनका उपभोक्ताहरुलाई तालिम दिइएको हो ।
तालिमको उदघाटन गर्दै आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्माले जल जमिन र जंगलको सहीसदुपयोग गर्दै स्थानीय जिबिकोपार्जनमा सुधार गर्नु कार्यक्रमको उदेश्य रहेको बताउनुभयो । ५ महिने परियोजना अन्र्तगत स्याङ्जा, कास्की र पर्वतका ४ पालिकामा वातावरणमैत्री उद्यमशिलता तालिम, जोखिम विपदको पूर्व सूचनामा पहुँच र एक हजार ५ सय घरधुरीलाई क्षमता अभिबृद्धि लगायतका प्रशिक्षण दिईने बताउनुभयो ।
सोही कार्यक्रममा जल जंगल परियोजना कार्यक्रम संयोजक रेशम कार्की, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दोबबहादुर कार्की, जिल्ला अध्यक्ष तारा शर्माले प्रशिक्षण दिनुभएको थियो ।
महासंघका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव खगेन्द्र पौडेलले गर्नुभएको थियो ।