स्याङ्जा १९ असार । जबरजस्ती करणी उद्योग मुद्दामा फरार ५० बर्षिय धु्रवराज भण्डारी पक्राउ परेका छन् । गाउँमै लुकीछिपी बसेको अवस्थामा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चापाकोट नगरपालिका ९ सुन्तलीटारका भण्डारीलाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष छ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार थिए । उनी आज (बिहीवार) पक्राउ परेको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
भण्डारीलाई आजै कैद भुक्तान र जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको छ ।