स्याङ्जा ४ बैशाख । जवरजस्ती करणीको आरोपमा अर्जुन भन्ने ख्यामकर्ण दमै पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका ८ बस्ने करिब ५५ बर्षे दमैलाई ११ बर्षिया बालिका जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
दमैले गएको साउन १५ गते रातको समयमा जवरजस्ती करणी गरेको र निजलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दमैलाई करणी सम्बन्धी कसूर ( जवरजस्ती करणी ) मुद्धा दर्ता गरी मिति २०८१ चैत २८ गते स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।