Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » IPM अर्थात एकीकृत शत्रुजीव व्यवस्थापन पद्दतीको इतिहास,परिचय र सिद्धान्तहरु
    बिचार

    IPM अर्थात एकीकृत शत्रुजीव व्यवस्थापन पद्दतीको इतिहास,परिचय र सिद्धान्तहरु

    Syangja SandeshBy Syangja SandeshJune 8, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मदन कडेल, कृषि विद्यार्थी 

    पक्लिहवा क्याम्पस,भैरहवा

    १९५०को दशकमा विश्वमा लागेको भोकमरीको समस्या समाधान गर्ने उद्देश्यले धेरै उत्पादन दिने धान र गहुँको खोज, कीटनाशक विषादीको प्रयोग, अत्याधुनिक बाली व्यवस्थापन प्रविधिहरु जस्ता कृत्रिम नविनतम प्रविधिहरुको अवलम्बन गर्दै जब हरित क्रान्ति अर्थात(Green revolution)  कोसुरुवात भयो तब धेरै हदसम्म त भोकमरीको समस्या दुरभयो तर प्रकृतिमा भने सो क्रान्तिले ठूलो दाग बसाल्यो। हरित क्रान्तिमा कीटनाशक विषादीको चरम प्रयोगले गर्दा किरा विशेषज्ञहरुले किराहरुमा बिषादी प्रतिको प्रतिरोध शक्तिको विकास भएको पत्ता लगाएपछि, विषादीको भावीप्रयोगले कृषिमा भयानकस मस्या निम्त्याउने ठानेर, प्रकृतिमा यथास्थितिमा रहेको किराले किरालाइ खाने खाद्यश्रृंखलालाइ प्रयोग गरेर अर्गानिक पद्धतिमा कीराहरुको नियन्त्रण गर्ने उच्चतम जैविक नियन्त्रण विधीलाई अवलम्बनगर्दै IPM प्रविधिको विकास भएको इतिहास छ।

    नेपालमा IPM कोअवधारणाको सुरुवात सन्१९९७मा सामुदायिक क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजनाको माध्यमद्वारा भएको थियो।यसलाइ एकमात्र प्रविधि नभएर प्रविधिहरुको एकमुष्ट रुप भन्न सकिन्छ।यसको प्रमुख उद्देश्य भनेको सामान्यतया कृषिबालीहरुमा देखिने विभिन्न किसिमका कीराहरुको अर्गानिक नियन्त्रण हो भन्न सकिन्छ।जसले गर्दा मानव स्वास्थ्य लगायत पशुपंक्षीहरुमा ठूलो चुनौतीको रुपमा खडा भएको कीटनाशक विषादीहरुको प्रयोग न्यूनीकरणमा ठूलो मद्दत पुगेको छ।विषादीको परिचयमा एउटा भनाइछ, ” विषादी औषधि कदापि होइन, विषादीको काम मार्नेहो; बचाउने होइन”पछिल्लो समय यता कीटनाशक बिषादीको चरम प्रयोगले कीराहरुमा सो विषादीप्रतिको प्रतिरोधशक्ति स्थापित भएर साह्रा कृषिप्रणालीलाई नै जोखिममा पुर्याउने विशाल समस्याको हल हो  IPM प्रविधि।

    IPM भनेकोकेहोत?

    Integrated pest management (IPM)अर्थात एकीकृत शत्रुजीव व्यवस्थापन एक मात्र नभएर विभिन्न पद्दतिहरुको एकीकृत रुप हो।जसमा बालीनालीहरुमा लाग्ने कीराहरुको जैविकनियन्त्रणको अवलम्बन गर्दै मानव स्वास्थ लगायत वातावरमा समेत प्रतिकुल असर पार्ने हुनाले यसको न्यूनीकरण गर्दै अर्गानिक खेतीप्रणाली अवलम्बन गर्ने पद्दतीहो।यसमा जैविक नियन्त्रण विधि, बालीचक्रको अवलम्बन, खनजोत, गोडमेल जस्ता विभिन्न प्राकृतिक पद्दतिहरु समावेश छ र सोही अनुरुप वातावरण मैत्रीपुर्ण तरिकाले कृषि प्रणालीलाई अगाडि बढाइ रहेको छ।

    यसमा विभिन्न चरणहरु समावेश गरिएकाछन।

    १. कीराहरुकोमुल्यांकन :\

    सबै वातावरणमा पाइने कीराहरु शत्रुजीव अर्थात हाम्रा बालीहरुमा नोक्सान पुर्याउने खालका हुँदैनन।कीराहरुको खाने तरिकाले हामीले दुइवटा वर्गमा विभाजन गर्न सक्छौँ, शत्रुजीव अर्थात शाकाहारी जसले हाम्रो

    बालीहरु खाइ दिने गर्छन साथै मित्रुजीव अर्थात मांसाहारी जसले तिनै शत्रुजीवहरुलाइ खाने गर्छन।

    त्यसैले नियन्त्रण गर्दा मित्रुजीवहरुलाई असर नपुग्नेगरि व्यवस्था मिलाइएको हुनुपर्छ।

    शत्रुजीवहरुमा धानमा देखिने फड्केकीरो, गबारो,  खुम्रेकीरा, फौजीकीरा, सुलसुले आदि विभिन्न किसिमका कीराहरु पर्दछन भने मित्रुजीवहरुमा माकुरा, स्त्री स्वभावका खपटे कीरा, गाइनेकीरा, चराहरु, सिम्ले कीरा आदि कीराहरु पर्दछन।

    २.कार्यसिमानिर्धारण:

    हरेक कीराहरु नियन्त्रण गर्न साह्रै अप्ठ्यारो पर्ने हुनाले, जुन कीराको प्रकोप बढ्दोछ र बालीहरुको उत्पादनमा असरपुर्याएको छ त्यस्तो कीराहरुको तुरुन्तै नियन्त्रण गर्नुपर्छ।कीराहरुको संख्या हेरेर कतिसम्मको प्रक्रियामा जानुपर्छ भन्ने कुराको निर्धारण गर्नुपर्ने हुन्छ।

    यदि संख्या थोरै छ रअसर पनि न्यून छ भने आत्तिहाल्नु पर्ने चाहि हुँदैन।

    .

    ३.रोकथाम :

     ” रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ ” भन्ने यो चर्चित भनाइ IPM प्रणालीमा पनि प्रयोग गरिन्छ।विभिन्न नियन्त्रणका उपायहरु अवलम्बन गर्नु भन्दा कीरालाग्नबाट नै बालीलाइ जोगाउने हो भने कृषि प्रणाली चुस्त हुन्छ।

    IPM प्रणालीमा अपनाइएका रोकथामका उपायहरु धेरै छनजस्तै;

    .‌बालीचक्रको प्रयोग

    .‌उपयुक्त जातको बीउको प्रयोग

    .‌बाली लगाउन उपयुक्त समयको छनोट

    .‌कीराहरुमा हुने संभोगको नियन्त्रण

    ४.नियन्त्रण

    यसमा पनि विभिन्न विधिहरुर हेकाछन।

    क. जैविकनियन्त्रण

    यो विधिमा कीराहरुको शत्रुको प्रयोग गरेर तिनिहरुको नियन्त्रण गर्ने गरिन्छ।परजीवीहरु, प्रतिस्पर्धी, शिकारीजीवहरुको प्रयोग गरेर जैविक नियन्त्रण गर्न सकिन्छ।

    ख. खेतीप्रविधि

    यसमा बाली लगाउदा प्रयोग हुने विभिन्न तरिकाहरु पर्दछ्न्जस्तै;

    .‌खेतबारीको सरसफाइ

    .‌सिंचाइको तरिका परिवर्तन गर्ने

    .‌बाली लगाउने दुरी परिवर्तन गर्ने

    .‌बालीचक्रका सिद्धान्तहरुको अवलम्बन गर्ने

    ग. भौतिकतरिका

    यसमा भौतिक रुपमा प्रयोग हुने तरिकाहरु पर्दछन जस्तै;

    .‌जालीबाट कीरा पक्रने

    .‌बत्तिको फन्दामा पार्ने

    .‌कीरालाइ हातले टिपेर मार्ने

    .‌मोहनी पासोको प्रयोग

    घ. रासायनिक विधि

    रासायनिक विधिको प्रयोग यदि माथिल्ला तरिकाहरु सफल नभएको खण्डमा गरिन्छ।जसमा रासायनिक मोहनी पासोदेखि लिएर कुनै निश्चित कीराको नियन्त्रण गर्नका लागि प्रयोग हुने विषादी पर्दछ।

    तर एउटा कीराकोलागि बनेको निश्चित विषादीले अन्य जीवहरुमा कुनै असर पार्न हुदैन।

    IPM पद्दति आवश्यकता र महत्त्व :

    • ‌यो पद्दति वातावरणमैत्रीरहेर वातावरणलाई यथास्थितिमा चलायमान गराउने हुनाले पछिल्लो समय यसको महत्त्व बढ्दोछ।
    • ‌कीटनाशक बिषादीको चरम प्रयोगले निम्त्याएको मानव स्वास्थ्य देखि पशुपंक्षीहरुमा देखिने नकारात्मक प्रभावको न्यूनीकरण गर्ने हुनाले यसको आवश्यकता पनि उत्तिकै छ।
    • ‌कीराहरुमा विकास भएको विषादी प्रतिको प्रतिरोधात्मक शक्तिले गर्दा दिनानुदिन बढिरहेको विषादीको प्रयोगले कृषिप्रणालीमा नै ठूलो चुनौती दिइरहेको बेला उच्चतम प्रविधिको रुपमा IPM विकास भइसकेको छ।
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कांग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तकमा

    September 10, 2022

    के छ एमसीसीमा ?

    February 5, 2022

    नेपाली कांग्रेसको इतिहास र नेतृत्वका लागि भएका छिनाझप्टीको तथ्य

    December 15, 2021

    सरकारका आँखामा लैंगिक समानता

    July 31, 2021

    शोकाकूल काजिमान हरिटीका

    July 9, 2021

    पत्रकारले यस कारणले लिनु हुन्न सरकारी सुविधा

    June 18, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.