स्याङ्जा २१ भदौ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) स्याङ्जाले बिरोध सभा गरेको छ । पश्चगामी एवं शिक्षक विरोधी विद्यालय शिक्षा विधेयक–२०८२ विरुद्ध हिस्टुनल शहिदचोकमा विरोध कार्यक्रम गरेको हो ।
बिरोधसभालाई सम्बोधनगर्दै हिस्टुन केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेलले हिस्टुनको मागमा सरकार गम्भीर नभएको र लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउनुभयो । उहाँले शिक्षक विरोधी विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आफ्नो मागमा सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा हिस्टुन गण्डकी प्रदेशका सहसचिव हरिकृष्ण शर्मा, हिस्टुन स्याङ्जाका पूर्वअध्यक्ष हरि ढकाल, पूर्व सचिव चन्द्रमणी पौडेल, पुतलीबजार नगरपालिकाका अध्यक्ष भोजराज शर्मा, भिरकोटन गरपालिकाका अध्यक्ष पूण्यप्रसाद खनाल, फेदिखोला गाउँपालिकाका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।
हिस्टुन स्याङ्जाका अध्यक्ष गोविन्द बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अर्जुन सुवेदीले गर्नुभएको थियो । हिस्टुनका अनुसार अहिले देशभर साधारण दरबन्दी र अनुदानमा ६ हजारभन्दा बढि शिक्षक कक्षा ११ र १२ माअध्यापनरत छन् ।
