Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    • बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
    • युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    • सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’
    वालिङ् नगरपालिका

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    Syangja SandeshBy Syangja SandeshApril 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ११ वैशाख । वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ ।

    कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो ।

    वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उहाँले बताउनु भयो ।

    प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताउनु भयो । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उहाँको भनाई छ । दीगो उत्पादन तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताउनु भयो ।

    महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनु भयो । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो ।

    चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।

    तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गर्नु भएको थियो । वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    September 2, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    September 2, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.