स्याङ्जा २८ भदै । स्याङ्जा जिल्लाभर लगाइदै आएको कफ्र्यू र निषेधाज्ञा शनिवारबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना प्रकाशित गर्दै पछिल्ला केही दिन यता विकसित बिषम परिस्थितीका कारण लगाइएको कफ्र्यू र निषेधाज्ञा हटाइएको जनाएको हो ।
सुरक्षा संबेदनशिलताका आधारमा जिल्लाभर भेला, जुलुस, प्रर्दशन, सभा, बैठक घेराउ गर्न नपाउनेगरी निषेधाज्ञा जारी भएकोमा पछिल्लो अवस्था सामान्य हुदेै गइरहेको जनाउदै अर्को आदेश नभएसम्मका लागि कफ्र्यू र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
साथै, जिल्लाको शान्ति सुब्यवस्था र पारस्पारिक सदभावलाई कायम राख्दै सार्वजनिक सेवा सुचारुगरी बजार ब्यवस्थापनलाई क्रमिक रुपमा चलाएमान बनाउनका लागि सबै सबै सरकारी निकाय, सुरक्षा निकायहरु, निजी क्षेत्र, राजनीतिक दल, संघसंस्था, मानव अधिकारकर्मी, नागरिक समाज लगायत सरोकारवाला सबैलाई सहयोग गरिदिनु हुन जिल्ला सुरक्षा समिति स्याङ्जाको तर्फबाट पनि अनुरोध गरिएको छ ।