स्याङ्जा २३ कात्तिक । बैदिक सनातन धर्मको संरक्षण, परम्परागत संस्कृतिको निरन्तरता र गुरुकुल शिक्षा प्रणालीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्याङ्जाको प्रतिष्ठानले पवित्र नदी कालीगण्डकी तह रामनदी धाममा आवस्थित गुरुकुललाई काशीराज पाण्डे आध्यात्म सेवा सम्मान प्रदान गरेको छ ।
स्वर्गिय काशीराज पाण्डेका सन्ततीले स्थापना गरेको प्रतिष्ठानले समाजमा महत्वपूर्ण योगदान पु¥याएका ब्यक्ति तथा संघसंस्थालाई बर्षेनी बिशेष कार्यक्रमको आयोजनागरी सम्मानित गर्दे आएको छ । गल्याङ् नगरपालिका वडा नं. १ रामनदीधाममा अवस्थित रामनदीधाम संस्कृत गुरुकुलमलाई नगद २५ हजार रुपैंइा सहित ताम्रपत्रले सम्मानित गरिएको छ ।
बिष्णुप्रसाद बस्यालले सीमित साधनस्रोतको बाबजुद पनि त्यहाँ अध्ययरत बटुकहरुलाई निःशुल्क आवास, भोजन र शिक्षाको प्रवन्ध गरिदै आएको बताउनुभयो । बैदिक सनातन धर्मको संरक्षण र हिन्दु संस्कृतिको परम्परा कायम राख्न बिगत चार दशकदेखि गुरुकुलममा कर्मकाण्ड, बेद, उपनिषद, संस्कृत साहित्य, नब्य ब्याकरण लगायतका बिधामा शिक्षा प्रदान गरिदै आएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रतिष्ठानका पदाधिकारीले जन्मभूमि प्रतिको अटूट मायाँ र सदुभाव प्रकट गर्दे उदारभावले सामाजिक र लोककल्याणकारी कार्यमा जुट्नु भएकोमा प्रशंसा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य सचिव आत्माराम पाण्डे, सदस्य प्रभा पाण्डे, संचालक निर्मला पाण्डे लगायतले पूर्वीय दर्शनमा आधारित गुरुकुल शिक्षा पद्धति आधुनिक युगमा पनि त्यत्तिकै सान्दर्भिक भएकाले सदाचारी र संस्कारी जनशक्ति उत्पादनका लागि संस्कृत गुरुकुलमको आवश्यकता बोध भएको बताएका थिए ।
