Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारीको २२ औ साधारणसभा सम्पन्न
    अर्जुनचौपारी गाउँपालिका

    ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारीको २२ औ साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 30, 2024Updated:October 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ कात्तिक । राष्ट्रिय कृषि सहकारी महासंघका केन्द्रिय अध्यक्ष खेमबहादुर पाठकले साना किसान श्रम बैंकको आवश्यकता औल्याउनु भएको छ ।

    अर्जुनचौपारी गाउँपालिकामा स्थापित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२ आ्रै बार्षिक साधारणसभाको मंगलबार उदघाटन गर्दै उहाले किसानबर्ग मार्फत नै मुलुकको सम्बृद्धि र विकास संभव रहने बताउनुभयो ।

    ‘रकमको अभावमा किसानले कृषिको उर्जालाई नखुम्च्याउनुहोस्, ५ देखि ५० लाखसम्म हामी ९ प्रतिशतमा ऋण उपलब्ध गराउछौ’ उहाँले भन्नुभयो, ‘महिला उद्यमका लागि पनि सस्तो ब्याजदरमा ऋण दिनेछा्रै। कृषि, तरकारी, फलफूल तथा नगदेबाली मार्फत उद्यम संचालन गर्न सक्नुहुनेछ ।’

    सहकारीले पशु विमा, म्यादी बिमा, किसान एप जस्ता प्रबिधिसंगै किसानका लागि राहतका प्याकेज संचालन गरेको जनाउदै सहकारीले रुपैयासंगै, चेतना, सीप, प्रबिधिका बारेमा समेत प्रशिक्षित गराउदै आएको उहाँको भनाई छ । पशु विमामा ८० प्रतिशत सरकारको लगानी रहने र गाई, भैसी, भेडा, बाख्रामा समेत लागु गरिने भएको जानकारी गराउनुभयो ।

    अर्जुनचौपारीमा रहेको ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले सिकानका पक्षमा राम्रो काम गरेको जनाउदै यस्ता संस्थालाई संघिय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

    सक्कली तथा काम गर्ने किसान खेतबारीका काममा ब्यस्त रहने र नक्कली किसानले कागजपत्र मिलाउदै अनुदान लिने गरेको पनि उहाको भनाई छ ।

    सभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष कमला सुवेदी, गण्डकी प्रदेश प्रमुख पदमराज रेग्मी, सहकारीका निवर्तमान अध्यक्ष धनबहादुर गुरुङ, अर्जुनचौपारी गाउँपालिकाका प्रवक्ता धनबहादुर गुरुङ, पूर्वउपाध्यक्ष चिनुमाया गुरुङ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन केसी, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, कफी सहकारी संस्था अर्जुनचौपारीका अध्यक्ष यामबहादुर गुरुङ, नेपाली कांग्रेस अर्जुनचौपारी गाउपालिका सभापति बिष्णुप्रसाद काफले, नेकपा एमाले अर्जुनचौपारी सचिव टिकाराम खनाल लगायतले शुभकामना मन्तब्य संगै सहकारीले अर्जुनचौपारी गाउँपालिकामा पुरयाएको सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो ।

    ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बोधनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेमबहादुर थापाले स्वागत एवं प्रवन्धक शालिकराम काफलेले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा एसइईमा सबैभन्दा धेरै जिपिए ल्याउने, वडा स्तरमा उत्कृष्ठ कार्य गरेका समूहहरु र संस्थामा सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

    सभामा पुरुषोत्तम भण्डारी पुर्खे बा ले हास्य कार्यक्रम सहित गीत प्रस्तुत गर्नुभएको थियो भने स्थानीय बालबालिकाले नृत्यु प्रर्दशन गर्नुभएको थियो ।

    सहकारीमा २ हजार ४८६ सदस्य मध्ये १ हजार ५१२ महिला र ९७४ जना पुरुष र ११ जना कर्मचारी छन् । सहकारीको चुक्ता शेयर पुजी १ करोड ८८ लाख ९३ हजार ४ सय रुपैया रहेको छ । चालु आर्थिक बर्षमा सहकारीको लगानी २३ करोड ५९ लाख १२ हजार ४५ रुपैया रहेको प्रवन्धक काफलेले जानकारी दिनुभयो ।

    सहकारीले अर्जुनचौपारी गाउँपालिकाकाभित्र २०५ समूहमा रही आफनो सेवा प्रवाह गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.