स्याङ्जा १४ कात्तिक । गल्याङ नगरपालिकाले हल गोरु पालेका किसानलाई अनुदान दिने भएकोे छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम अनुसार “हल गोरु पालक कृषक प्रोत्साहन अनुदान कार्यक्रम” अन्र्तगत किसानलाई गोरु पालनतर्फ प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरेद्धारा हस्ताक्षरित सूचनामा हल गोरु पालक किसानले आवश्यक कागजातका साथ तोकिएको समयभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।
जारी सूचनामा गोरु पालक किसानले पशु पहिचान संकेत नम्बर, हल गोरुको विमा प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, बैंक खाताको विवरण, ३ वर्षदेखि हल गोरु पालेको र आफ्नै खेतमा खेती गरेको प्रमाणपत्र, साथै निवेदक र हल गोरुको संयुक्त फोटो सहितका कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
तोकिएको समयभित्र आवश्यक कागजात सहित प्रस्ताव नगरपालिकाको कार्यालयमा दर्ता गरी अनुदान सुविधाको लाभ लिन आग्रह गरेको छ । स्व–रोजगार सृजना गर्दै हल गोरु जोतेर खेती प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्नु कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । किसानले गोरु जोती खेतीपाती गर्ने प्रचलनको संरक्षणका निम्ति देखाएको निरन्तरता तथा योगदानलाई सम्बोधन गर्नका लागि प्रोत्साहन अनुदान कार्यक्रम ल्याइएको प्रमुख भट्टराईको भनाई छ ।
