स्याङ्जा १८ बैशाख । गोरु काटेको आरोपमा स्याङ्जाका ४० बर्षिय डम्बरबहादुर गुरुङ (टेक) पक्राउ परेका छन ।
पुतलीबजार नगरपालिका – १२ पेल्काचौरका निवासी गुरुङले आफैले पालेको गोरु काटेर टुक्रा टुक्रा पारि छोपीराखेकोे अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गुरुङले गोरु काटेको सूचना प्रहरीले बैशाख १६ मा थाहा पाएको र उनलाई खोजतलास गर्ने क्रममा १७ गते दिउँसो पक्राउ परेका प्रहरी भनाई छ। लुकीछिपी बसेको अवस्थामा गुरुङ पक्राउ परेको बताइएको छ ।
आफ्नै घर पालेको गोरु नजिकै बारीमा लगेर काटेपछि मासुलाई टुक्राटुक्रा बनाई आँगनमा त्रिपालभित्रबेरी लुकाइ राखेको अवस्थामा भेटिएकोे प्रनाउ पौडेलको भनाई छ ।
गोरु काट्ने आरोपित गुरुङलाई पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता भै आवश्यक कानूनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ ।