स्याङ्जा १८ असोज । अर्जुचौपारी गाउँपालिका ५ आरुचौरमा स्थापित प्रख्यात तिर्थस्थल डहरेदेउराली मन्दिरमा ५० केजीको घण्टी राखिएको छ ।
घटस्थापना अर्थात नवदुर्गा शुभारम्भको अवसर पारेरे बालसिद्ध मोक्षद्धारी आश्रम डहरेदेउरालीमा २ लाख मुल्य बराबरको पित्तलको घण्टी राखिएको डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
साविक आरुचौर गाउ विकास समिति ४ मा जन्मभई रोजगार तथा बसाईसर्दै चितवन, नवलपुर, धनगढी, बुटवल, पोखरा पुगेका कारिम्ले परिवारका सहयोगमा मन्दिरमा घण्टी राखिएको हो ।
डहरेदेउराली पबित्र धार्मिक तिर्थस्थलका रुपमा परिचित छ । जहाँ पुगेपछि मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । डहरे देउरालीको अग्लो चुचुरोमा घण्टी राखिएको छ ।
पर्वतको फलेवास नगरपालिका र अर्जुनचौपारीको आरुचौर गाउँपालिकाको संगमस्थलमा रहेको डहरेदेउराली धार्मिक र पर्यटकीय रुपमा ख्याती कमाएको स्थल हो । यहाँ बर्षेनी हजारौं तिर्थयात्री आउने गर्दछन । यहाँबाट अग्ला अग्ला हिमश्रखलाहरुका समेत अध्ययन, अवलोकन गर्न सकिन्छ ।