स्याङ्जा २८ कात्तिक । स्याङ्जाबाट सेवा सुभारम्भ गरेको गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।
सभामा बोल्दै बैंक संचालक समितिका अध्यक्ष दिलिपप्रताप खाँणले अझ मितब्ययी, सुशासनयुक्त बनाउदै बैंकलाई क बर्गको बनाउनका लागि आवश्यक कार्य गरिने बताउनुभयो । बेैंकको उन्नतीका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहने जनाउदै सबै कर्मचारीलाई समान ब्यवहारगरी सरुवा तथा आवश्यक सहयोग गर्ने बताए । कर्मचारी चलायमान बनाउनु पर्नेमा उहाले जोड दिनुभयो ।
साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४ दशमलब ५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १० दशमलब ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१÷८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८२÷८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी .६ अर्ब १० करोड पु¥याउने, काठमाडौं हाल लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारमा स्थित आफनै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्ने जनाइएको छ ।
कार्यक्रममा बैंकको पुर्वसंचालक डा.आनन्द श्रेष्ठ बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डे, संचालक आयुष्मा कोइराला, पुर्व मन्त्री मेखलाल श्रेष्ठले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिएम रहेको यस विकास बैंकले नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको बताइएको छ । बैंकका निवर्तमान अध्यक्ष श्यामप्रसाद बस्यालले स्वागत मन्तव्य र कम्पनी सचीव अनिल रेग्मीले संचालन गर्नुभएको थियो ।
