Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    समाचार

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ भदौ । गण्डकी र लुम्बिनी प्रदेशबिच विकासमा सहकार्य र सहलगानी गर्ने उद्देश्यका साथ सोमबार स्याङ्जाको गल्याङ् नगरपालिका १ मालुंगामा बसेको दुई सरकारबीच समान्वात्मक बैठकले ९ बुँदे निर्णयमा हस्ताक्षर हस्ताक्षर गर्दै ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।

    स्याङ्जा र पाल्पाको संगमस्थल एवं धार्मिक क्षेत्र कालीगण्डकी उत्तरबाहिनीमा भएको प्रदेश सरकारका मुख्यमन्त्री द्धय सहित अर्थ, पर्यटन, भौतिक, बन मन्त्री, प्रदेशसभा सदस्य, सचिव सहित सरोकारवालाबीच भएको छलफल सहित प्रस्तुतीले ९ बटा बुदाँमा टेकेर आउदा दिनमा काम गर्ने निर्णय भएको हो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हस्ताक्षर गर्दै प्रतिबद्धता जनाउनुभयो ।

    सरकारका बार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णयको विवरण तयार गरि मातहतका निकायलाई निर्देशन दिने, दुबै प्रदेशका धार्मिक पर्यटन क्षेत्र ‘दामोदरकुण्ड कृष्णागण्डकी उत्तरवाहिनी लुम्बिनी मुक्तिमार्ग’ विकासका अवधारणा पत्र तयार पार्ने, अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनिएका आयोजना तथा कार्यक्रमलाई बिषयगत मन्त्रालयलाई निर्देशन दिने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतीका आधार पहिचान गर्न पुष मसान्तभित्र योजना आयोगमा पेश गर्ने निर्णय भएका हुन ।

    यसैगरी, यही असोज २१ देखि कात्तिक १९ सम्म उत्तरवाहिनी क्षेत्रमा संचालन हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सव भब्यरुपमा सम्पन्न गर्न दुबै प्रदेश सरकारबाट सहजीकरण एवं सहयोग गर्ने, विकास ब्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्का प्रदेशका सिकाई तथा असल अभ्यासको अनुशरण गर्ने, दुबै प्रदेशका तीर्थस्थल, पर्यटकीय स्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्तरुपमा तयार पार्ने लगायतका बुदाँहरु समेटिएका छन् ।

    यसअघि माघ ३० गते पाल्पाको रानी महलमा बसेको पहिलो बैठकले गरेका २१ निर्णयका बारेमा पनि समिक्षा भएको छ। यसैगरी, तेस्रो बैठक बाग्लुङ्को ढोरपाटनमा गर्ने समेत जानकारी गराइएको छ । सोही कार्यक्रममा गण्डकी मुख्यमन्त्री पाण्डे र लुम्बिनीका मुख्यमन्त्री आचार्यले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग र कालीगण्डकी नदी दुबै प्रदेशमा सम्मृद्धिका आधार भएको जनाउदै धार्मिक, पर्यटकीय विकास गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा अर्थमन्त्री डा. टकराज गुरुङ, भौतिक पूर्वाधार मन्त्री भुमेश्वर ढकाल, पर्यटन मन्त्री प्रचण्डदेव न्यौपाने, सभासद बिरबहादुर राना र भोजराज अर्याल, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, गण्डकीका निमित्त प्रमुख सचिव गणेश घिमिरे, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, सहसचिव धु्रव गिरी लगायतले दुई प्रदेशबीचको समन्वय र सहकार्यले दुवै प्रदेशको उन्नती र समृद्धिमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

    यसैबीच, सोही कार्यक्रममा पूर्वसांसद शंकरप्रसाद पाण्डेले कालीगण्डकी डाइभर्सन आयोजना अगाडि नबढाउन आग्रह गर्दै दुवै मुख्यमन्त्रीलाई कालीगण्डकी प्रभावित क्षेत्रका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.