स्याङ्जा २ कात्तिक । गल्याङ पालिकाले सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएको छ । बालबालिका तथा जेष्ठ नागरिकका बढी सरोकार रहने क्षेत्रलाई लक्षित गर्दै नगरपालिकाले नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक लगाएको हो ।
नगरपालिकाले सार्वजनिक स्थल र विद्यालय क्षेत्र वरीपरी सुर्तिजन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको हो । नगरपालिकाले सार्वजनिक स्थलसंगै विद्यालय क्षेत्र, स्वास्थ्य संस्था, जेष्ठ नागरिक आश्रम र शिशु स्याहार केन्द्र वरीपरी सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउदै सार्वजनिक सूचना जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकुत भविश्वर घिमिरेले एक सूचना जारी गर्दै सुतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन अनुसार तोकिएको क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्रिवितरण नगर्न र नगराउन अनुरोध गर्नुभएको छ । विद्यालय क्षेत्र वरीपरी र स्वास्थ्य संस्था वरीपरी सुर्तिजन्य पदार्थको विक्रिवितरण हुँदा विद्यार्थीहरुमा नकरात्मक असर पर्ने सूचनामा उल्ल्खेख छ ।
गण्डकी प्रदेश सरकारको सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा बनेको ऐन २०७६ को परिच्छेद ३ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक आश्रम लगायतका क्षेत्रमा कम्तिमा एकसय मिटर भित्रका पसलहरु र वरीपरी सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाईने व्यवस्था छ ।
भने, सोही दफाको उपदफा ५ मा बिद्यालय तथा विश्वबिद्यालयको पोशाक लगाई सूतिजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेरको बिद्यार्थीलई सूर्तिजन्य पदार्थ बिक्री बितरण गर्न पाईने छैंन भन्ने स्पष्ट ब्यवस्था रहेकाले गल्याङले कानूनले बर्जित गरेका क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएकोे जनाएको छ । यो अभियानसंगै स्याङ्जाका एघार पालिकामध्ये गल्याङ्ले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यन्वयन गर्ने पहिलो पालिका बनेको छ ।