स्याङ्जा ५ मंसिर । गल्याङ् नगरपालिकाले नगरपालिकाको शैक्षिक योजना निर्माणका लागि सरोकारवालाबीच अभिमूखीकरण कार्यक्रम गरेको छ ।
गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रलाई आइएसओ सर्टिफाइड बनाउनका लागि सुरुवात गर्दै शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन पहल सुरु भएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षालाई आइएसओ सर्टिफाइड बनाउन सबै पक्षले इच्छाशक्ति, जिम्मेवारीबोध र उत्तरदायित्व मनन गर्नुपर्ने बताउनुभयो । उहाले कार्यक्रम कार्यान्वयनको लागि सोतको कमी नहुने बताउदै उत्सुकता र जिम्मेवारीबोध भएकोमा सबै कामहरु सफतापूर्वक पुरा हुने बताउनुभयो ।
कुनै एक पक्षले मात्रै चाहेर नहुने भन्दै उहाँले सबैको संयुक्त प्रयासले मात्रै योजना सफल हुनेमा जोड दिदै नगरप्रमुख भट्टराईले आइएसओका सबै मापदण्ड पुरा गर्नका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
आइएसओ नेपाल प्रतिनिधि सुदिप शर्माले कार्यक्रममा सहजिकरण गर्दै आइएसओका लागि आवश्यक हुने विभिन्न ५० वटा मापदण्डबारे जानकारी गराउनुभयो ।
जिल्ला शिक्षा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जिल्लाको शिक्षाको अवस्थाबारे जानकारी दिदै राज्यले गरेको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्नुभयो ।
नगरप्रमुख भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले स्वागत , शिक्षा समिति सदस्य दर्बेन्द्रदेब खनालले धन्यवाद र र प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरेले संचालन गर्नुभएको थियो ।
