Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    गल्याङ् नगरपालिका

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    Syangja SandeshBy Syangja SandeshMay 18, 2025Updated:May 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ जेठ । गल्याङ् नगरपालिकाले विपन्न परिवारका १ सय ८१ जना बालबालिकालाई छात्रबृत्ती प्रदान गरेको छ ।

    आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट बंचित हुन नपरोस् भन्ने उदेश्यले नगरपालिकाले १२ लाख १७ हजार ८ सय रुपैंया छात्रबृत्ती स्वरुप उपलब्ध गराएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    नगरपालिका अन्र्तगतका गल्याङ बहुमुखी क्याम्पस र मालुंगा बहुमुखी क्याम्पसमा अध्ययनरत जेहेन्दार विपन्न तथा गरिब छात्रछात्रालाई मासिक शुल्क वापत एक वर्षको एकमुष्ट जनही १० हजार ८ सय रुपैया प्रदान गरिएको प्रमुख भट्टराईको भनाई छ ।

    यसैगरी, कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जनही ३ हजार छ सय रुपैंया उपलब्ध गराइएको छ । क्याम्पसमा अध्ययरत कुल बिद्यार्थीमध्ये कक्षा ११ र १२ मा अध्ययरत १० प्रतिशत र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशतले पूर्णछात्रवृत्ति स्वरुपको सो रकम उपलब्ध गराइएको हो ।

    यसवर्ष क्याम्पसमा अध्ययनरत ८० जनालाई निःशुल्क, अति विपन्न २ जना र कक्षा ११ र १२ मा अध्ययनरत ९९ जनालाई छात्रवृत्ति प्रदान गरेको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिनुभयो ।

    अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई पालिकाको कार्यविधि बमोजिम शिफारिस गर्नेगर्दछ ।

    कार्यबिधिमा पूर्णछात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमात्रै अघिल्लो कक्षामा अध्ययन गर्न पुनः छात्रवृत्ति पाउनेछन्। तर, अनुत्तीर्ण विद्यार्थीले भने पुनःउक्त सुविधा पाउने नपाउने उल्लेख छ ।

    शैक्षिक क्षेत्रको गुणस्तरीतामा बृद्धि हुनुका साथै शिक्षाको सहज पहुँचबाट कोही पनि वंचित हुन नदिने नगरपालिकाको अभियान रहेको प्रमुख भट्टराईको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.