स्याङ्जा १४ माघ । भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले गल्याङ्मा संचालित मगर भाषाकोे १५ दिने मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ ।
गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिकाको आयोजना एवम गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको व्यवस्थापकीय संयोजन तथा नेपाल मगर संघ गल्याङ नगर समितिले अक्खा लिपि प्रशिक्षण दिएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले उदघाटन गर्नुभएको थियो भने गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले प्रशिक्षण कार्यक्रम समापन गर्नुभएको थियो । पुस २२ गतेदेखि शुरु भएको प्रशिक्षणमा मगर भाषा तथा अक्खा लिपि प्रशिक्षकको रूपमा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुमबहादुर रानाद्वारा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराई, प्राज्ञ सुर्य खड्का बिखर्ची, मनकुमार श्रेष्ठ, कृष्णप्रसाद पौडेल र नगर प्रवक्रा कृष्णप्रसाद भट्टराई, लोकेन्द्र तरामु मगर, चन्द्र राना, भेमला बराल, तीर्थकुमार थापा, गुमबहादुर राना, जैसिङ राना आदिद्वारा मगर भाषा तथा अक्खा लिपिका बारेमा जानकारी गराउनु भएको थियो ।
गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मिलन समिरले गर्नुभएको थियो ।