स्याङ्जा ३० चैत । गैरसरकारी संस्था महासंघ नेपालको नीति, मार्गदर्शन तथा रणनीतिहरु बनाउने बिषयक परामर्श बैठक सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ स्याङ्जाको समन्वयमा शनिवार स्याङ्जामा आयोजित बैठकमा गैरसरकारी संस्थाका अवका भूमिका कस्तो रहनु पर्ने र यसका लागि के कस्ता नीति तथा कार्यक्रम आवश्यक पर्दछन भन्ने बारेमा छलफल भएको हो ।
छलफल कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय अध्यक्ष अर्जुन भट्टराईले सबैका अधिकार र बिषयका बारेमा छलफल गर्दै सामाजिक संस्थामा क्रियाशिल संस्थालाई राज्यले सहकार्य गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो । हाम्रा अधिकारका पक्षमा बनेका योजना, नीति तथा कार्यक्रमका बारेमा बृहत छलफल गर्नु पर्ने र जनमैत्री बजेट तथा कार्यक्रम ल्याईनुपर्नेमा उहाले जोड दिनुभयो ।
अव आउने नीति तथा कार्यक्रममा गैरसरकारी संस्थाका भूमिका र सहभागितालाई समावेश गर्नका ३ तहका सरकारसंग सहकार्य, समन्वय हुनेखालका नीति बनाउनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था मार्फत नभई अब, पालिका केन्द्रित अभियान संचालन गर्ने समेत उहाले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज गोपाल खडका, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्मा, पत्रकार महासंघका सहसचिव रमेश गोदार, च्याम्बर अफ कमर्शका वरिष्ट उपाध्यक्ष श्रीप्रसाद गुरुङ, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेल, ब्याब्सनका सचिव हरिप्रसाद अर्याल, आमा मिलन केन्द्रका अध्ययक्ष सुनिता पौडेल, दलित उत्पीडित मुक्ति समाजका अध्यक्ष अमृत विक, मुक्ति समाजका अध्यक्ष मेघ प्रनेश, महिला नेतृ तिलकुमारी रेग्मी, सामी परियोजना कार्यक्रमका रमेश पौडेल लगायतले आ आफना संस्थागत धारणा सहित राय सुझाव दिनुभएको थियो ।
गैरसरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष गोबिन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव एकनारायण सापकोटाले गर्नुभएको थियो ।