Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 5
    Trending
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    वालिङ् नगरपालिका

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    Syangja SandeshBy Syangja SandeshOctober 20, 2025Updated:October 20, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ कात्तिक । वालिङ् नगरपालिका र गल्याङ् नगरपालिकको संगमस्थलमा रहेको गह्रौसुर कालिका मन्दिरको आयब्यय सार्वजनिक गरिएको छ ।

    वालिङ ८ र गल्याङ् १० गह्रौंसुरमा यसवर्षको बडा दशैं अवधिमा भएको आयव्यय आइतवार सार्वजनिकरण गरिएको हो । वालिङमा पत्रकार सम्मेलन गर्दै गह्रौंसुर मन्दिर व्यवस्थापन समिति नभएको अवस्थामा वालिङ नगरपालिकाले जिम्मेवारी लिएको थियो ।

    दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म संकलित रकम र आयव्याय सहित वालिङ्का उपप्रमुख कविता तिवारी गैह्रेले सार्वजनिक गर्नु भएको हो । समिति गठन नभएकाले गएको चैते दशैँ र यसबर्षको ठूलो दशैंको पूजाको ब्यवस्थापन सहितको जिम्मेवारी वालिङ नगरपालिकाले लिर्दैै आएको छ ।

    सार्वजनिक गरिएको आयव्याय अनुसार अशोज ६ देखि २५ गतेसम्म १९ लाख १९ हजार ९१ रुपैँया संकलन भएको थियो । यसमध्ये १० लाख ४५ हजार ५ सय ३६ रुपैँया खर्च भएको वालिङका उपप्रमुख कबिता तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, पण्डित तथा पुजारी दक्षिणा ८० हजार ८ सय १०, पाठ पण्डित दक्षिणा १५ हजार १५, श्रमिक ज्याला २ लाख १३ हजार ६ सय ५०, खानपान सामानमा २७ हजार ९ सय २५, पुजाभोग वस्तु खरिदमा ८३ हजार १ सय ५० खर्च भएको छ ।
    यसैगरी सरसफाई समान ५ हजार ७ सय ४०, विविध सामान ढुवानीमा ९ हजार ९ सय, इन्धन ग्याँस खरिदमा १७ हजार ६ सय ८५, दाउरा खरिदमा १६ हजार १ सय ५०, पाठा तथा पाडा सफाई ज्याला १ लाख ४६ हजार ८०, विद्युतीय सामान ७६ हजार ४२, रंगरोगनको सामान खरिदमा ३० हजार ७ सय ६१, खानेपानी २१ हजार ९ सय ८६ खर्च भएको हो ।

    कर्मचारी तलब तथा भत्ता १ लाख ४५ हजार, विविध समान खरिद ३२ हजार २ सय ७०, पेट्रोल २ हजार ४ सय ६, मन्दिर रंगरोगन ज्याला १० हजार २ सय , दशैँ शुभकामना प्रसार १५ हजार, मन्दिरको बाजा मर्मत ५ हजार, सिसिटिभि क्यामेरा ७३ हजार ६ सय, मोटर पम्प १३ हजार १ सय ६४, विभिन्न मुर्तिहरुको कपडा खरिद १७ हजार ५ सयसमेत गरी १० लाख ४५ हजार ५ सय ३६ रुपैँया खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यस्तै आम्दानीतर्फ परेवा विक्रिबाट १ लाख ४५ हजार ६ सय, पाठाको टाउको विक्रिबाट ४ लाख ३४ हजार ६००, पाठा तथा पाडा सफाईतर्फ २ लाख २४ हजार ७५०, मन्दिरको भेटि ६ लाख २ हजार ७१०, सहयोग रसिद ४५ हजार ९२६, पञ्चवली रसिद ३२ हजार ५, दानपेटिका १ लाख २८ हजार ३ सय ९५, ठेक्का बापत ३ लाख ५ हजार १ सय ५ गरी १९ लाख १९ हजार ९१ रुपैँया आम्दानी भएको हो ।

    समिति गठन भैनसकेका कारण भदौ २३ गते सर्वपक्षीय बैठक बसेर नगरपालिकाले अभिभावककीय जिम्मेवारी लिने निर्णय गरेको थियो । उपप्रमुख तिवारीले मन्दिर व्यवस्थापन समिति नयाँ निर्माण हुन नसकेपछिको अवस्थामा वालिङ नगरपालिकाले अभिभाकत्व ग्रहण गरी पूजा सहजीकरण गरेको बताउनुभयो ।

    मन्दिरसम्म जानका लागि सडकको सहजीकरण गर्ने तथा वालिङका विभिन्न स्थानहरुमा मन्दिर प्रवेशद्वार राख्न र मन्दिरसम्म जानका लागि सवारी सहजीकरण गर्न नगरपालिका प्रकृयागत रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

    त्यस्तै चैते दशैँमा ९ लाख ३७ हजार आम्दानी भएको र चैते दशैँको खर्च कटाएर बचत रकम र ठुलो दशैँको बचत रकम मन्दिरको बैंकमा रहेको खातामा जम्मा गरिएको पनि उहाँले जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.