Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गह्रौंसुर मन्दिरमा १७ लाख ४८ हजार ३६९ भेटी संकलन
    गल्याङ् नगरपालिका

    गह्रौंसुर मन्दिरमा १७ लाख ४८ हजार ३६९ भेटी संकलन

    Syangja SandeshBy Syangja SandeshOctober 28, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ११ कात्तिक । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ ।

    वालिङ नगरपालिका –८ र गल्याङ नगरपालिका –१० को संगमस्थलमा अवस्थित ‘गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्र’ मा रहेको कालिका मन्दिरमा भेटीस्वरूप उक्त रकम संकलन भएको हो ।

    घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी संकलन गरिएको हो । बडादसैंको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा, कामदार पारिश्रमिक, पूजा भोग वस्तु खरिद, अन्य दानदक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द लगायतमा गरी चार लाख ६३ हजार ६७० रुपियाँ खर्च भएको छ खर्च कटाउँदा १२ लाख ८४ हजार ६९९ रुपियाँ बचत भएको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    मन्दिरमा चढ़ाइएको भेटी ३ लाख ९८ हजार ४६२, टिका थालीमा २ लाख ३८ हजार ८२०, संकल्पमा ५४ हजार ८१७, दान पेटिका ७८ हजार ४५०, परेवा बिक्रीबाट १ लाख १६ हजार ४००, पाठाको टाउको बिक्रीबाट ४ लाख ११ हजार ८८५, पाठ सफाई ७२ हजार ४२०, आजीबन सदस्य ९१ ह्जार ६७२, सहयोग रसिदबाट ६० हजार ४४५, होटलमा १ लाख ४५ हजार, धजामालाबाठ ९५ हजार गरी १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको हो ।

    त्यस्तै खर्च तर्फ पण्डित पुजारी दक्षिणा ७३ हजार ८ सय, इन्धनमा दाउरा र सरसफाई गरी ६९ हजार ६५०, खानपानमा २८ हजार २ सय, कामदार पारिश्रमीक १ लाख ९४ हजार २ सय, पुजा, भोज बस्तुमा ८७ हजार र पुर्ण पात्र कन्या कुमारी दक्षिणा ८२० रुपैँया गरी चार लाख ६३ हजार ६७० रुपियाँ खर्च भएको हो ।

    तत्कालीन बाइसे–चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको मानिन्छ । विशेषगरी बडादसैं र चैते दसैंमा यहाँ हजारौंको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औंशी, सोह्र श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ ।

    स्याङ्जा सहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, कास्कीलगायत स्थानबाट मन्दिरमा बर्सेनी हजारौं भक्तजन पूजाआजाका लागि मन्दिर आउने गर्छन् । मन्दिरमा नयाँ भौतिक संरचना निर्माण भएपछि भक्तजनको सङ्ख्या बढेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.