Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई
    वालिङ् नगरपालिका

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    Syangja SandeshBy Syangja SandeshSeptember 25, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असोज । वालिङ नगरपालिकास्थित गह्रौँसुर मन्दिरमा बडादसैं व्यवस्थापनको जिम्मेवारी वालिङ नगरपालिकाले लिने भएको छ । ब्यवस्थापन समिति चयन भैनसकेको जनाउदै यसपटक वडादशैंको अवसरमा मन्दिरको ब्यवस्थापनको जिम्मेवारी वालिङ नगरपालिकाले लिने भएको हो ।

    धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस गह्रौंसुर कालिका मन्दिरमा दशैं पर्वलाई लक्षितगर्दै पूजा–अर्चना, मेला, र मन्दिर परिसरमा सञ्चालन हुने व्यापारिक गतिविधिमा पनि नगरपालिकाको प्रत्यक्ष निगरानी रहनेगरि जिम्मेवारी रहनेगरि नगरपालिकाले निर्णय गरेको छ ।

    नगर उपप्रमुख कविता तिवारीको अध्यक्षतामा सम्पन्न बैठकले मन्दिरको अभिभावकत्व ग्रहण गर्ने निर्णय गर्दै व्यवस्थित र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले घटस्थापनादेखि फूलपातीसम्म मन्दिर परिसरमा खाजा–नास्ता तथा पूजा सामग्री बिक्री गर्न चाहने व्यापारीकालागि बढाबढ प्रणाली मार्फत अनुमति दिने भएको छ ।


    सामाजिक विकास समितिका संयोजक युगमाया पंगेनीका अनुसार खाजा–नास्ताको लागिन्यूनतम ७७ हजार रुपैयाँ र पूजा सामग्री स्टलकालागि २७ हजार ५ सय रुपैयाँ तोकिएको छ । विगतकावर्ष भन्दा यस वर्ष सहुलियत दररेट कायम गरेर न्यूनतम मूल्य तोकिएको पंगेनीले जानकारी दिनुभयो ।

    विसं २०८० सालको वडा दसैंमा होटेल वापत ८० हजार र पूजा सामाग्रीको व्यवसायगर्न चाहने व्यवसायीलाई २५ हजार तोकिएको थियो । यस्तै, गतवर्ष होटेललाई ९० हजार र पूजा सामाग्रीको पसलगर्न चाहने व्यवसायीलाई न्यूनतम ४० हजार तोकिएको थियो ।
    यस वर्ष भने नगरपालिकाले मूल्य निर्धारण गर्दा माग, विगतको अनुभव र पारदर्शी व्यवस्थापनलाई ध्यानमा राखेको जनाएको छ ।
    गर्हौसुर मन्दिरमा दशैंको समयमा ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।

    विशेष गरी घटस्थापनादेखि फूलपातीसम्म मन्दिरमा विशेष भीडलाग्ने गर्छ । भक्तजनलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन यसपटक नगरपालिकाले नै व्यवस्थापनको जिम्मालिएको हो । नगरपालिकाले सरसफाइ, सुरक्षाको व्यवस्था, मेलामा आउने भक्तजनकालागि शुद्ध खानेपानी, बिजुली र मेलाको समयमा आवश्यक पर्ने आधारभूत सुविधामा समेत ध्यानदिने तयारी गरेको छ ।

    वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा भक्तालुजनको भीडलाग्ने गर्दछ । तत्कालिन चौविसे राजादशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिकाको स्थापना गरेको मानिन्छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ । गह्रौँकालिका जागृत देवी भएकाले पनि यहाँ भाकलगर्दा दर्शनार्थी तथाभक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास छ । गह्रौँसुर समुद्र सतहदेखि झण्डै १ हजार ६ सय मिटरको उचाइमा छ ।

    यहाँबाट स्याङ्जासंगै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत लगायतका जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व रहेको गह्रौँसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले जो कोहीलाई पनि आनन्दित पार्दछ ।
    धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावनाबोकेको यस मन्दिरमा भौतिक पूर्वाधार, सुविधा सम्पन्न अतिथि गृह, सडकको स्तरोन्नति, खानेपानी लगायतको राम्रो व्यवस्था छ । मन्दिरसम्म पुग्नका लागि सहज सडक छ ।

    वालिङ बजारबाट झण्डै ८ किलोमिटरको पक्की र केही कच्ची ग्रामीण सडकहुँदै मन्दिरमापुग्न सकिन्छ । विशेष गरी बडादसैँ र चैते दसैँमा यहाँ हजारौँको संख्यामा मानिसहरु आउने गर्दछन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.