स्याङ्जा १८ कात्तिक । साविक पेलाकोट गाउँपञ्चायत २ हाल गल्याङ नगरपालिका ७ कल्लेरीबाट गहना र रेडियो चोरी गर्ने एक व्यक्ति ४७ बर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साविक पेलाकोट गाउँपञ्चायत २ हाल गल्याङ नगरपालिका ७ कल्लेरी बस्ने लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
विस २०३५ वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत २ हाल गल्याङ नगरपालिका ७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो । उहाँले नकवजनी चोरी कसूरमा मुद्धा दर्ता भएको थियोे । २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतबाट मुद्धाको फैसला भयो ।
चोरी गर्नेको लागि १ महिना १५ दिन कैद र चार हजार पाँच सय जरिवाना ताकियो तर चोरी मुद्धाका आरोपित साविक पेलाकोट गाउँपञ्चायत २ हाल गल्याङ नगरपालिका ७ कल्लेरी बस्ने लाल बहादुर राना फरार भए ।
सोमबार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले उनलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानी लागि सम्मानित जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरीले जनाएको छ ।
		