स्याङ्जा १७ मङसिर । अर्जुनचौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो ।
गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको छोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्तिक प्रणली बचोस र भोलीका दिनका माछा मारेरै जीवननिर्वाह गरेका यहाँका नागरिकले जिवीको पार्जन गर्न सकुन भन्ने उदेश्यले खोलामा माछाको भुरा हालेको बताउनुभयो ।
माछाका भुरा छाड्नाले आर्थीक आर्जन सहज समेत हुने बताउदै अर्यालले हरेक बर्ष जस्ता माछाका भुरा छाडिएको बताउनुभयो ।
पालिकाले खोलामा माछाका भुरा छाडेसँगै माछा मार्नको अर्को सुचना नगरेसम्मको लागि रोक लगाएको छ ।
पालिकाले खोलामा माछा भुरा छाड्ने केही समयमा खोलामा जालीबाट मार्नेलाई तीन सय र बल्छी हाल्नेलाई एक लिएर आय आर्जन गर्दै आएको छ ।
