स्याङ्जा २३ असोज । स्याङ्जा प्रहरीले बिभिन्न ९ मुद्धामा फरार ८ जना कसुरदारलाई एकैदिन पक्राउ गरेको छ ।
जिल्ला र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार ती व्यक्तिहरूलाई एकैदिन पक्राउगरी आवश्यक कानूनी कारवाहीकालागि मंगलबार जिल्ला अदालतमा उपस्थित गराईएका प्रहरीे निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।
बिभिन्न मुद्धामा पक्राउ परेका ८ जनामाथि लागू औषध, सार्वजनिक अपराध, इजाजत बिना सालका काठ ओसारपसार, अंश, चोरीका मुद्दा छ । अदालतले कैद र जरिवाना फैसलापछि उनीहरु फरार थिए । उनीहरुलाई एक महिनादेखि झण्डै ५ महिनासम्मको कैद र एक सय २५ रुपैंयादेखि ७ हजार ३१७ रुपैंयासम्म जरिवाना तोकिएको थियो ।
पक्राउ पर्नेमा बिरुवा गाउँपालिकाका विवेक राना (लागू औषध) र बिरुवा गाउँपालिकाकै अशोककुमार भण्डारी (सार्वजनिक अपराध) मुद्धापछि फरार थिए । साविक पेल्काचौर गाविस –६, बिसौनाका रनबहादुर भन्ने रामबहादुर गुरुङ (साधारण चोरी) पटके मुद्दा छ । उनले दुई पटक चोरी गरेको उल्लेख छ ।
पुतलीबजार नगरपालिकाका लली तिवारीे (अंश) र पुतलीबजारका छविकुमारी पौडेललाई (अंश) मुद्धाका फरार कसुरदार हुन ।
गल्याङ नगरपालिकाका नरेशबहादुर रानालाई (बिना इजाजत सालको काठ ओसारपसार) र गल्याङकै लालबहादुर कामी र लालबहादुर सुनारलाई (नकबजनी चोरी) मुद्दामा कैद र जरिवाना तोकिएको थियो ।
अदालतका फैसलाको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाई न्यायको पूर्णाभूति गराउने उदेश्यले स्याङ्जा प्रहरीले अभियान नै संचालन गर्दै आएको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेले भन्नुभयो ।