स्याङ्जा २३ असोज । १५० औं विश्व हुलाक दिवस स्याङजामा मनाइएको छ । जिल्ला हुलाक कार्यालय स्याङ्जाले बिबिध कार्यक्रम सहित मनाएको छ ।
दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संचार माध्यमको भूमिका र जिम्मेवारी वहन गर्दै आएको हुलाको इतिहास रहेको जनाउनुभयो । सूचना र प्रबिधिको उपयोग बढेसंगै हुलाक सेवा प्रवाहमा कमी भएता पनि यसको विश्वसनियता र जिम्मेवारीपन बढेको उहाले भन्नुभयो ।
पत्रपत्रिका, केवल तथा रेडियो नविकरणका सहित लोककल्याणकारी बिज्ञापनका लागि राजधानी धाउनु पर्ने हिजोको वाध्यता रहेको जनाउदै उहाले पछिल्ला समय हुलाक कार्यालयले ती काम गर्ने गरेको बताउनुभयो । हुलाक कार्यालयलाई थप जिम्मेवारी दिन सकिने अवस्था रहेको पनि प्रजिअ नेपालको भनाई छ ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङजाका प्रमुख ब्यवस्थापक रमेश गोदार, रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल लगायतले शुभकामना मन्तब्य सहित हुलाक कार्यालयको गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो ।
सोही कार्यक्रममा स्याङ्जाका २ क्रियाशिल पत्रकार सहित ६ जना हुलाकका कर्मचारीलाइृ सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, सहसचिव तोलाकान्त बगाले, हुलाक कार्यालयका खरिदार गीता पाण्डे, हल्कारा सूर्यप्रसाद अर्याल, प्रभाकर शर्मा, देवाकर न्यौपाने, पत्र बितरक डिलप्रसाद गुरुङ र केवल संचालक लालप्रसाद श्रेष्ठलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले हुलाकको स्थापनादेखि हालसम्म र बार्षिक गतिबिधिका बारेमा जानकारी गराउदै एक पालिका एक हुलाक सेवाको अवधारणा अनुरुप अघि बढेको राज्यले हुलाक सेवामा कार्यरत कर्मचारीलाई थप जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरिदार शिव सापकोटाले स्वागत एवं खरिदार रामबहादुर मगरले संचालन गर्नुभएको थियो ।