स्याङ्जा १८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ३ बाडखोलामा ५ दिने दुबा सहितको जरी माला बनाउने सीपमुलक तालिमको उद्घाटन गरिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा बाड्खोला मुस्लिम समाजको व्यवस्थापनमा हुने तालिमको उद्घााटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिलाहरुलाई सीप सिकाउदै दक्ष बनाउने तालिमको उदेश्य रहेको बताउनुभयो । महिलालाई सीप सिकाउदै आयआर्जनमा जोडी उद्यमी बनाउने अभियानमा नगरपालिका रहेको उहाले भन्नुभयो । सहभागीलाई सीप सिकेर उद्यमी समेत उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य अमिर बक्स मिया, पत्रकार भवानी अधिकारी, वडा स्तरिय महिला सञ्जालका अध्यक्ष सीता गोदार लगायतले दुबो र जरीमालाको उपयोग दिनप्रतिदिन बढ्दो रहेकाले सीप सिकेर आत्मनिर्भर बन्न सकिनेमा जोड दिनुभयोे ।
बाड्खोला मुस्लिम समाजका कार्यबहाक अध्यक्ष शा खालिद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव अमिर आलमले स्वागत एवम् सचिव अलि मोहमद मियाले संचालन गर्नुभएको थियो । गुणस्तरीय माला बनाउन सुझाव दिदै यहाँ मालाको बजारीकरणका लागि आवश्यक सहयोग गर्ने समेत अध्यक्ष मियाले प्रतिवद्धता जनाउनुभयो ।
प्रशिक्षक हसिना बेगमले प्रशिक्षण दिनुहुने सो तालिममा २५ जना सहभागी छन ।
