स्याङ्जा १९ पुस । अपाङ्ग समाज स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा सहित सरसफाई सामाग्री प्रदान गरिएको छ ।
फेदीखोला गाउँपालिका २ स्थित कालाभैरव माध्यमिक विद्यालयकामा अध्ययरत ७ जना दृष्टिबिहीन बालबालिका सहित आयालाई न्यानो कपडा वितरण गरिएको हो । सोही बिद्यालयमा स्थापित विशेष स्रोत कक्षामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा, साबुन, ब्रस, र अन्य सरसफाईका सामग्री प्रदान गरिएकोे हो ।
सामाग्री प्रदान गर्दे वडाअध्यक्ष अभिलास गुरुङ्ले स्याङ्जा अपाङ् समाज स्याङ्जा र सामाजिक विकास कार्यालयको अपाङ्गताका क्षेत्रमा पुरयाएको सहयोग एवं अनुकरणीय कार्यको प्रशंसा गर्दै गाउँपालिका सहित वडाले पनि आउदा दिनमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र पराजुली, प्रधानाध्यापक डिआर कोइराला लगायतले सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिधार्थी स्वयंसेवक संगम ढकालले गर्नुभएको थियो ।