Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डा. मणिभद्र मुनिजी महाराजलाई पुतलीबजारमा भब्य स्वागत सहित अभिनन्दन
    पुतलीबजार नगरपालिका

    डा. मणिभद्र मुनिजी महाराजलाई पुतलीबजारमा भब्य स्वागत सहित अभिनन्दन

    Syangja SandeshBy Syangja SandeshApril 7, 2025Updated:April 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ चैत । सर्वोदय शान्ति पदयात्रामा निस्केका नेपाल केसरी रास्ट्रसन्त डा. मणिभद्र मुनिजी महाराजलाई आइतवार पुतलीबजार नगरपालिकामा अभिनन्दन गरिएको छ ।

    सेतो कपडा लगाउने, मुखमा पनि सेतै पट्टीले छोप्ने, हातमा कुचो जस्ता पन्छाउन तथा हम्काउन मिल्ने साधन, आफना लागि आवश्यक खाना पानीको बन्दोबस्तीको झोला बोकेर पैदल यात्रा मात्र गर्ने साधुसन्त महाराजलाई भब्य स्वागत, सम्मान सहित अभिनन्दन गरिएको हो ।

    भारतको दिल्लीदेखि नेपालको मुक्तिनाथसम्म पदयात्राका क्रममा स्याङ्जा सदरमुकाम सहितको पुतलीबजारमा आइपुग्दा उनलाई पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अभिनन्दन गर्नुभएको थियो ।

    अभिनन्दन गर्दै प्रमुख रेग्मीले महाराजजस्तो ब्यक्तित्वलाई अभिनन्दन गर्न पाउनु शौभाग्य भएको बताउनुभयो । सादा जीवन, उच्च बिचार सहितको शान्ति पदयात्राको समेत शुभकामना दिनुभयो ।

    स्याङ्जाको फेदिखोला गाउँपालिका ४ आरुखर्कमा विस २०२३ सालमा जन्मनु भएको हो । राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा सादा जीवन उच्च बिचार सहित धर्मभन्दा माथि उठेर सामाजिक सेवामा क्रियाशिल भएका कारण मणिभद्र महाराज मुनिजीको उपाधी पाउनु भएको छ ।

    उहाले सबैधर्म (हिन्दु, बौद्ध, इस्लाम, इसाई) को एउटै उदेश्य शान्ति रहेको बताउनुभयो । शान्तिको सन्देश प्रवाह गर्न आफनो यात्रा जारी रहेको उहाले बताउनुभयो । शान्तिमा सबैथोक भएको जनाउदै आफु खुशी हुन अरुलाई पनि खुशी दिन सक्नु पर्ने र खुशीको लेनदेन भएमात्र शान्ति प्राप्ती हुने उहाको भनाई छ ।

    महाराजसंगै अन्य ६ जनाको सन्तसाधुहरु पनि पैदलयात्रामा सहभागी हुनुहुन्छ । यसपटकको दिल्ली—मुक्तिनाथ याात्र बाहेक ९० हजार किलोमीटर पैदलयात्रा गरिसकेका यात्रा संयोजक पूर्वसांसद शंकरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    स्याङ्जामा जन्मेर अन्तर्राष्ट्रिय जगतमा स्याङ्जाको पहिचान बनाउन सफल भएको जनाउदै भब्य स्वागत एवं सम्मान गरिएको हो ।
    अभिनन्दन कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डे, उपप्रमुख देवी अर्याल, मानवमिलन संस्था स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले महाराज स्याङ्जाको मात्र नभई नेपालकै गौरब भएकोमा जोड दिनुभयो ।

    कार्यक्रमको सहजीकरण पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बरालले गर्नुभएको थियो । अभिनन्दन कार्यक्रममा बिभिन्न धार्मिक संघसंस्था, नागरिक समाज, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.