Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    वालिङ् नगरपालिका

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १३ कातिक । जर्मनी प्रविधिमा आधारित तथ्याङ्क विज्ञान (डेटा साइन्स) र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक २१ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङ्मा संचालन गरिएको छ । डिजिटल सीप, साइबर सुरक्षा, र वित्तीय साक्षरता मार्फत महिला विशेष गरी किशोरीहरूलाई सशक्त बनाउँदै अगाडी बढाउन तालिम तथा प्रशिक्षण संचालन गरिएको हो ।

    वालिङ नगरपालिकाको सहकार्यमा २४ अक्टोबरदेखि शुरु भएको तालिम तथा प्रशिक्षण कार्यक्रम १४ नोभेम्बरसम्म सञ्चालन हुनेछ । तालिम तथा प्रशिक्षणमा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सिकाइ र उत्पादकत्व बढाउने जस्ता महत्वपूर्ण विषयहरू तालिममा प्रशिक्षण दिईने छ ।

    डिजिटल क्षेत्रमा देखिएको अन्तर घटाउने र भविष्यका नवप्रवर्तकलाई प्रेरित गर्ने उद्देश्य सहित वालिङका विभिन्न संस्थाहरूमा कार्यक्रम गरिने जर्मनी प्रविधिमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताका विशेषज्ञ तथा मुख्य प्रशिक्षक गौरव तिवारीले जनाए । व्यावहारिक अभ्यास मार्फत विद्यार्थीलाई विशेषगरी युवतीहरूलाई आत्मविश्वासी र प्रविधिमा सक्षम बनाउनमा तालिम तथा प्रशिक्षण केन्द्रित रहने विशेषज्ञ तिवारीले जानकारी दिनुभयो ।

    सधैं आफ्नो देशका लागि केहि न केहि योगदान गर्ने सोचमा बनाएका तिवारीले तालिम तथा प्रशिक्षणले आफ्नो सपना साकार पार्ने अवसरको सानो प्रयास भएको सुनाउनुभयो । तालिम तथा प्रशिक्षणमा विशेष गरी भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्समा करियर बनाउन चाहने विद्यार्थी तथा युवतीहरूलाई पढाउने अनुभव निकै फलदायी हुने उहाले बताउनुभयो ।

    ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वस्तरको डिजिटल ज्ञान र आत्मविश्वास दिलाउन तालिम तथा प्रशिक्षण अत्यन्तै उपलब्धी मुलक बन्नेमा उहाको विश्वास छ् । स्याङ्जाको वालिङ नगरपालिका वडा नं–१४ मा स्थायी घर भएका विशेषज्ञ तिवारी विगत लामो समयदेखि जर्मनीमा सोही विषयमा अध्ययनसँगै आफ्नो पेशा र काम गर्दै आउनु भएको छ ।

    विश्वका शक्तिशाली राष्ट्रहरु प्रविधिका क्षेत्रमा अग्रपंक्तिमा रहेको अवस्थामा हाम्रो देश नेपालका ग्रामीण क्षेत्रमा रहेका युवा युवतीहरुलाई तालिम तथा प्रशिक्षण अवसर बन्ने आयोजकले दाबी गरेको छ । तालिम तथा प्रशिक्षणको आयोजना तथा स्थानीय स्तरमा आवश्यक समन्वय विशेषज्ञ स्वयं तिवारीले गर्दै आएका छन् ।

    तालिम तथा प्रशक्षिण कार्यक्रममा वालिङ नगर आसपासका विद्यालायका शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी लगायतको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रम अवधिमा समूहगत छलफल, अन्तरक्रिया, र व्यावहारिक सत्रहरूका साथ सम्पन्न गरिने छ । सहभागीहरूले डिजिटल समावेशीकरण र महिलाको सशक्तीकरणलाई निरन्तर प्रवर्धन गर्ने आयोजकले जनाएको छ । पहिलो चरणको तालिम हाललाई वालिङ नगर क्षेत्रभित्र मात्रै संचालन गरिने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.