Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » धानको बीउ बेचेर ९० लाख आम्दानी
    वालिङ् नगरपालिका

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    Syangja SandeshBy Syangja SandeshJune 13, 2025Updated:June 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ जेठ । स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गरेका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

    नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस) मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो । वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणाली मार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीका विभिन्न मुल बीउको परीक्षण तथा उत्पादन गर्दै आएको उहाँले भन्नुभयो ।

    कार्यालयले उत्पादन गरेका मुल बीउ किसानलाई उपलब्ध गराउने र किसानले उत्पादन गरेका उन्नत बीउको बिक्रीका लागि समन्वय गर्दै आइरहेको पनि उहाले जानकारी दिनुभयो । स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् । सूचिकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।

    यस वर्ष जिल्लामा सूचिकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उहाँले बताउनुभयो । स्याङ्जाबाट स्याङ्जाका स्थानीय पालिका सहित तनहुँ, कास्की र नवलपुरका स्थानीय तहमा डेसिस प्रणालीमार्फत बिक्री गरिएको हो । स्याङ्जाबाट बिक्री भएको धानको बीउमध्ये ८० प्रतिशत रामधान, १५ प्रतिशत सावित्री र पाँच प्रतिशत सावा मन्सुली रहेको उहाँले बताउनुभयो ।

    किसानले डेसिस प्रणाली मार्फत बीउ बिक्री गर्दा प्रति किलोको छुट्टाछुट्टै मुल्य निर्धारण गरिएको छ । सोही प्रणालीमार्फत बिक्री गरेका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । रामधान प्रति किलो ६८ रुपैंया, सावित्री प्रतिकिलो ६२, खुमल प्रजाति तथा बासमतिको प्रतिकिलो ९८ निर्धारण गरिएको छ ।

    धान बिक्री पश्चात किसानलाई रामधानमा प्रतिकिलो २२, सावित्रीमा प्रतिकिलो १७ र खुमल तथा बासमतिमा प्रतिकिलो २८ प्रोत्साहनस्वरुप उपलब्ध गराइने उहाँले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.