Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    समाचार

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2025Updated:October 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असोज । गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ को संगमस्थल उत्तरबाहिनी क्षेत्रमा सञ्चालन भैरहेको उत्तर गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनहरुको घुइचो बढ्दै गएको छ ।

    उत्तरवाहिनी क्षेत्रको पवित्र भूमिमा, शालग्रामको दिव्य दर्शनसँगै पुण्य कमाउने सुनौलो अवसर भन्दै भक्तजनहरु प्रत्येक दिन थपिदै गएको देखिएको छ । पवित्र उत्तरवाहिनी क्षेत्रमा धर्म, संस्कृति र प्रकृतिको महासंगमको रुपमा रहेकाले यसको प्रबर्दन गरी धार्मिक पर्यटनको विकास समेत गराउने आयोजक कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ ।

    भगवान विष्णुका स्वरूप शालग्राम शिला पाइने पुण्यदातृ उत्तरवाहिनी कृष्णा गण्डकीको पवित्र भूमिमा महामेला तथा दामोदर महोत्सव सञ्चालन गरी यसको महिमालाई विश्वमाझ चिनाउन र सनातन धर्म–संस्कृतिको संरक्षण गर्न खोजिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।

    उहाँले एक विराट अनुष्ठान सहित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महामेला भैरहेकाले महामेलामा सहभागी हुन धर्मअनुरागीहरुलाई अनुरोध गर्नुभयो । उत्तर गण्डकी महामेला एवं दामोदर धर्मोत्सव २०८२ मा विश्वकै दुर्लभ शालग्राम शिलाहरूको दर्शन सहित चारवेद अठार पुराण ज्ञान महायज्ञ पनि सञ्चालन भैरहेको छ । जहाँ, प्रख्यात सन्त एवं विद्वान् कथावाचकहरुले दैनिक संगीतमय प्रवचन गरेका छन ।

    यस्तै महामेलामा गण्डकी स्नानको महत्व र महिमाबारे विशेष प्रवचन, हरेक दिन बिहान–बेलुका भव्य गण्डकी आरती, धार्मिक झाँकी तथा सांस्कृतिक ¥याली, विद्यालय स्तरीय विभिन्न प्रतियोगिता, योग ध्यान तथा साधना विशेष शिबिर एवम् बालसंस्कार प्रशिक्षण समेत भैरहेको छ । महामेलामा राष्ट्रिय स्तरका चर्चित भजन गायकहरुको दैनिक भजन किर्तन प्रस्तुति रहेको छ ।

    कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान गल्याङ नगरपालिका १, स्याङ्जा र रम्भा गाउँपालिका १ पाल्पा संगमस्थल, उत्तरवाहिनीको आयोजनामा भैरहेको महायज्ञ कार्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.