Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु
    गल्याङ् नगरपालिका

    उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु

    Syangja SandeshBy Syangja SandeshOctober 7, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असोज । स्याङ्जाको मालुङ्गा र पाल्पाको असेर्दीको सङ्गमस्थल उत्तरवाहिनीमा आज मंगलबारदेखि कालीगण्डकी महामेला एवं दामोदर धर्मोत्सव सुरु हुदेैछ ।

    असोज २१ पूर्णिमाका दिनदेखि विधिवतरुपमा शुभारम्भ गरिएको धर्मोत्सव कात्तिक १९ सम्म एक महिना सञ्चालन गरिने भएको हो । उत्तर गण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ को विधिवत शुभारम्भ गरिने सोमबार मालुंगामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    महामेला स्थल उत्तरवाहिनीमा आयोजित पत्रकार सम्मेलनमा उत्तरवाहिनी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शङ्कर पाण्डेले कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

    एक हजार भक्तजनहरुका लागि आवस र साधना सहितको धर्मशाला, सनातन संस्कृति संरक्षणको लागि गुरुकुलम पाठशाला, शेव कार्यका लागि यज्ञशाला, गौमाताको संरक्षणक लागि गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको संरक्षक पाण्डेले जानकारी गराउनुभयो ।

    यसैगरी पत्रकारहरुको जिज्ञासाको सम्वोधन गर्दै महामेला मूल आयोजक समिति संयोजक चैतन्य कृष्णले कार्यक्रम अवधिभरमा १ करोड भन्दा धेरै खर्च हुने अनुमान रहेको जानकारी गराउनुभयो । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरुपका पवित्र कार्यहरुमा लगानी गरिने उहाको भनाई छ ।

    यसैगरी महामेलाको समुद्घाटन हरिहर सन्यासाश्रम देवघाटका पिठाधिश ज्ञानानन्द स्वामीज्यूबाट हुने संयोजक चैतन्यकृष्णले बताउनुभयो । धर्मोत्सवका लागि हरिद्वार लगायतका नेपाल र भारतका विभिन्न स्थानहरुबाट प्रशिद्ध सन्तगुरुहरु आउने क्रम सुरु भएको छ ।

    दामोदर धर्मोत्सव हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाट समेत धेरैजनाको उपस्थिति रहनेमा विश्वास गरिएको छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ ।

    त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उनको भनाई छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेसरहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभ लिन उनको अनुरोध छ ।

    आयोजक समिति संयोजक चैतन्यकृष्णले तयारीको काम तिव्र रुपमा अगाडि बढेको भन्दै शालग्राम भगवानको थप प्रसारप्रसार गर्दै उत्तरबाहिनीको महिमाको विषयमा सबैलाई जानकारी गराउने उद्देश्यले महामेलाको आयोजना गरिएको बताउनुभयो । यहाँ प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतका अवसरहरु पाइनेछन् ।

    १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उनको भनाई छ । हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा आयोजकको विश्वास छ ।

    चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने भन्दै संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।

    उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेलामा उपस्थित भई नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई उनको आग्रह छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेस रहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभ लिन सबैलाई उहाले अनुरोध गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.