स्याङ्जा १३ जेठ । चितुवाको आक्रमणबाट स्याङ्जाका ४५ बर्षिय मुक्तबहादुर थापा घाईते हुनु भएको छ । उहालाई मंगलबार बिहान चितुवाले आक्रमण गरेको थियो ।
वालिङ् नगरपालिका – ११ तल्लो पेखुका थापा घर नजिर्के रहेको कुखुराको खोरमा चितुवा पसेको थाहा पाएपछि गएका उहालाई चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणबाट थापाको टाउको र बायाँ हातमा चिथोरेर घाउ भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ । चितुवाले खोरमा रहेका २ वटा कुखुरा मारेको र २ वटालाई घाईते बनाएको पनि प्रहरी भनाई छ ।