Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 19
    Trending
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    • पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
    • नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
    • स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    समाचार

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    Syangja SandeshBy Syangja SandeshNovember 19, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २ मंसिर । स्याङ्जामा गएको आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न जातका खाद्यान्न बालीका ६ लाख किलोग्राम भन्दा बढि बीउ उत्पादन भएको छ । जिल्लामा क्रियाशिल कृषि सहकारी, समूह र फार्मबाट धान, मकै, गहुँ, आलु सहित खाद्यान्नका ६ लाख ५३ हजार ८७३ किलोग्राम बीउ उत्पादन भएको हो ।

    उत्पादन भएका खाद्यान्नका बीउमध्ये सबै भन्दा बढि आलुको ४ लाख ५० हजार ९ सय र धानको एक लाख १७ हजार ४३ किलोग्राम बीउ उत्पादन भएको छ । मकैको ७७ हजार ५ सय, गहुँको ७ हजार ४३० किलोग्राम र पशुलाई प्रयोग गरिने एक हजार किलो जैघाँस सहित ६ लाख ५३ हजार ८७३ किलोग्राम बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको छ ।

    जिल्लाका ११ पालिकामध्ये बीउ उत्पादनको क्षमताले गल्याङ् नगरपालिकाका कृषक समूह अन्य पालिकाको तुलनामा अब्बल देखिएका छन् । गल्याङ्मा आलु तीन लाख ९५ हजार, धान ५२ हजार, मकै २० हजार र गहुँ तीन हजार गरी चार लाख ७० हजार किलोग्राम बीउ उत्पादन भएको हो ।

    यस अवधिमा फेदीखोला गाउँपालिकामा ४७ हजार र चापाकोट नगरपालिकामा ४२ हजार ८३० किलोग्राम आलु, धान, मकै र गहुँको बीउ उत्पादन भएको केन्द्रले जनाएको छ । त्यसैगरी बिरुवा गाउँपालिकामा ३६ हजार दुई सय, भीरकोट नगरपालिकामा २३ हजार ५५० किलोग्राम बीउ उत्पादन भएको केन्द्रका कृषि विकास अधिकृत विकास वि.क.ले जानकारी दिनुभयो ।

    उता पुतलीबजार नगरपालिकामा १९ हजार २९३, आँधीखोला गाउँपालिकामा ७ हजार खाद्यान्न र एक हजार किलो जैघाँस उत्पादन भएको थियो भने वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा तीन÷तीन हजार किलोग्राम बीउ उत्पादन गर्न कृषकहरु सफल भएका थिए । अर्जुनचौपारी गाउँपालिकामा दुई हजार किलोग्राम बीउ उत्पादन हुँदा हरिनाश गाउँपालिकामा आलु, धान, मकै र गहुँको बीउ उत्पादन गर्न सकेन् ।

    जिल्लामा उत्पादित खाद्यान्नका बीउमध्ये ठूलो हिस्सा जिल्लाभित्रै खपत भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका पालिकाहरुमा उत्पादित अधिकांश बीउ एकअर्को पालिकामै खरिद बिक्री हुँदा बीउको ठूलो हिस्सा आन्तरिक रुपमा खपत भएको हो । जिल्लाका कृषकहरुले थोरै मात्रामा रैथाने र उन्नत जातका बीउ जिल्ला बाहिरबाट खरिद गरेर ल्याएको केन्द्रको तथ्याङ्कमा छ ।

    सहकारी, कृषक समूहले उत्पादन गरेको रैथाने बीउबाट कृषकहरु राम्रो उत्पादन लिन सफल भएका छन् । ‘हाईब्रिडको तुलनामा रैथाने बीउले उत्पादन दिदैन् कि भन्ने चिन्ता थियो ।’ स्थानीय कृषक कृष्ण अर्यालले भन्नुभयोे, रैथाने बीउको प्रयोगबाट राम्र्रै उत्पादन लिन सकिएको छ ।’ रैथाने बीउ संरक्षण र प्रवद्र्धनमा जिल्लाका पालिकाले नगदसँगै प्रविधिमा समेत सहयोग गर्दै आएको अर्यालले सुनाउनुभयो ।

    गएकै वर्ष जिल्लास्थित सरकारी नियकाबाट अनुदानमा पाँच लाख ६ हजार ७४० किलोग्राम परिमाणको बीउविजन वितरण भएको केन्द्रले जनाएको छ । सबै भन्दा बढि ज्ञान केन्द्रबाटै तीन लाख ६८ हजार २९०, स्थानीय तहबाट एक लाख ३० हजार ८९०, कृषि विकास श्रोत केन्द्र वालिङबाट ६ हजार ९६० र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट ६ सय किलोग्राम परिमाणको बीउविजन वितरण भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.